२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा

२०८१, ८ बैशाख शनिबार ०२:५१

बैशाख ८, टोरोन्टो | क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । 

पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ । 

प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती थियो |

गत वर्ष अप्रिल १७ मा सुनको डण्डी र २२ करोड क्यानेडियन डलरभन्दा बढीको विदेशी मुद्रा बोकेको एयर कार्गो कन्टेनर नक्कली कागजात प्रयोग गरेर चोरी भएको प्रहरीले जनाएको थियो । स्विजरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमार्फत सो सुन र मुद्रा ल्याइएको हो ।

प्रहरीका अनुसार यस डकैतीमा एयर क्यानडाका दुई पूर्व कर्मचारीको नाम पनि बाहिर आएको छ । उनीहरु मध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । दोस्रो व्यक्तिलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। यसै क्रममा प्रहरीले बुधबार धेरैलाई पक्राउ गरी यसबारे खुलासा गरेको थियो ।

आरोपितहरुको नाम परमपाल सिद्धु (५४) र अमित जलोटा (४०), अम्माद चौधरी (४३), अली रजा (३७) र प्रसाद परमालिंगम (३५) रहेका छन् । जसमध्ये परमपाल र अमित जलोटा भारतीय मूलका हुन् । चोरीका बेला सिद्धु एयर क्यानडामा काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से