३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

६ बैशाख २०८१, बिहीबार ०७:२१

बैशाख ६, काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ ।

उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनकी छन् । प्रहरीले एरिकालाई पक्राउ गरेको छ । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो ।


अप्रिल १६ एरिका ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगिन् । बूढो मानिसको अवस्था राम्रो देखिएन, र उनको टाउको लगातार कुर्सीमा झुकेको थियो। महिला बारम्बार आफ्नो हातले आफ्नो टाउको सीधा गर्न खोज्दै गरेको देखिएको छ ।

यसपछि एरिकाले वृद्धको हातमा कलम राख्ने प्रयास गरिन् । उनले बारम्बार कागजमा हस्ताक्षर गर्न आग्रह गरिरहेकी थिइन् । सेक्युरिटी क्यामेरामा रेकर्ड भएको भिडियो अनुसार एरिका भन्छिन्, 'अंकल, तपाईंले सुनिरहनु भएको छ। तपाईंले कागजमा हस्ताक्षर गर्नुपर्छ । नत्र हामीले ऋण पाउन सक्नेछैनौं । म तपाईंको ठाउँमा हस्ताक्षर गर्न सक्दिन ।'

ती महिलाले थप भनिन्, 'अंकल, कृपया कागजातमा हस्ताक्षर गर्नुहोस् ताकि हामीले थप कष्ट भोग्नु पर्दैन । हामी यो अब सहन सक्दैनौं ।' वृद्धको कुनै प्रतिक्रिया नआएपछि बैंकका कर्मचारीलाई शंका गरेको बताइएको छ । त्यसपछि उनीहरुले ति व्यक्तिलाई लैजान आग्रह गरेका थिए । बैंकका कर्मचारीको आग्रह ति महिलाले नमानेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरीले वृद्धलाई मृत घोषणा गरी एरिकालाई पक्राउ गरेको थियो । शवलाई शव गृहमा पठाइएको छ । प्रहरीले वृद्धको मृत्यु केही घण्टा अघि नै भएको थियो र एरिकालाई यो पहिले नै थाहा भएको बताएको छ ।

प्रहरीका अनुसार एरिका मृतकको शव लिएर बैंक पुगेकी थिइन्, जसले गर्दा त्यहाँका अधिकारीले वृद्धको कमजोर अवस्थालाई ध्यानमा राखेर छिटो ऋण स्वीकृत गरून् । तर, एरिकाका वकिलले वृद्धको मृत्यु बैंकमै भएको दाबी गरेकी छन् ।

अहिले प्रहरीले एरिका र ति पुरुषको सम्बन्ध बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’