२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

२०८१, ६ बैशाख बिहीबार ०७:२१

बैशाख ६, काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ ।

उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनकी छन् । प्रहरीले एरिकालाई पक्राउ गरेको छ । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो ।


अप्रिल १६ एरिका ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगिन् । बूढो मानिसको अवस्था राम्रो देखिएन, र उनको टाउको लगातार कुर्सीमा झुकेको थियो। महिला बारम्बार आफ्नो हातले आफ्नो टाउको सीधा गर्न खोज्दै गरेको देखिएको छ ।

यसपछि एरिकाले वृद्धको हातमा कलम राख्ने प्रयास गरिन् । उनले बारम्बार कागजमा हस्ताक्षर गर्न आग्रह गरिरहेकी थिइन् । सेक्युरिटी क्यामेरामा रेकर्ड भएको भिडियो अनुसार एरिका भन्छिन्, 'अंकल, तपाईंले सुनिरहनु भएको छ। तपाईंले कागजमा हस्ताक्षर गर्नुपर्छ । नत्र हामीले ऋण पाउन सक्नेछैनौं । म तपाईंको ठाउँमा हस्ताक्षर गर्न सक्दिन ।'

ती महिलाले थप भनिन्, 'अंकल, कृपया कागजातमा हस्ताक्षर गर्नुहोस् ताकि हामीले थप कष्ट भोग्नु पर्दैन । हामी यो अब सहन सक्दैनौं ।' वृद्धको कुनै प्रतिक्रिया नआएपछि बैंकका कर्मचारीलाई शंका गरेको बताइएको छ । त्यसपछि उनीहरुले ति व्यक्तिलाई लैजान आग्रह गरेका थिए । बैंकका कर्मचारीको आग्रह ति महिलाले नमानेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरीले वृद्धलाई मृत घोषणा गरी एरिकालाई पक्राउ गरेको थियो । शवलाई शव गृहमा पठाइएको छ । प्रहरीले वृद्धको मृत्यु केही घण्टा अघि नै भएको थियो र एरिकालाई यो पहिले नै थाहा भएको बताएको छ ।

प्रहरीका अनुसार एरिका मृतकको शव लिएर बैंक पुगेकी थिइन्, जसले गर्दा त्यहाँका अधिकारीले वृद्धको कमजोर अवस्थालाई ध्यानमा राखेर छिटो ऋण स्वीकृत गरून् । तर, एरिकाका वकिलले वृद्धको मृत्यु बैंकमै भएको दाबी गरेकी छन् ।

अहिले प्रहरीले एरिका र ति पुरुषको सम्बन्ध बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी