१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

८ बैशाख २०८१, शनिबार ०२:२६

बैशाख ८, पेरिस | फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।

शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ पक्राउ गरेका थिए ।’

सन् १९६३ मा इरानमा जन्मेका संदिग्धलाई प्रहरीले भित्रबाट ‘हिंसक कारबाहीको धम्कीू दिएको देखिएपछि आफ्नै सहमतिबाट बाहिरिएपछि पक्राउ गरेको एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीले जनाएको छ ।

तर यस घटनामा भने कुनै पनि विस्फोटक पदार्थ भेटिएको छैन, न उनीसँग न त उनको कारमा वा भवनमा नै कतै पनि नभेटिएको अभियोजनकर्ताहरूले जनाएका छन ।

एक प्रहरीका अनुसार ती व्यक्तिलाई बिहान ११ बजे कन्सुलर कार्यालयमा प्रवेश गरेको सिसिटभी फुटेजमा देखिएको थियो, जसमा ग्रेनेड र विस्फोटक भेस्ट लगाएको जस्तो देखिन्थ्यो त्यसपछि प्रहरीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो ।

उक्त व्यक्ति पछि कार्यालय छाडेर भाग्न खोजे पछि पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार गत सेप्टेम्बरमा भएको घटनामा इरानी दूतावास नजिकै आगजनी गर्ने प्रयास गरेको आशंकामा पक्राउ परेका उही व्यक्ति आज पनि अर्को प्रयास गरेको खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ