विश्व |


ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

Posted on March 03, 2023 | views : 674 |

फागुन १९, एथेन्स | मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्

Read More

मलेसियामा फेरि भीषण बाढी

Posted on March 02, 2023 | views : 750 |

फागुन १८, काठमाडौँ | मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् ।  बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीला

Read More

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

Posted on March 01, 2023 | views : 571 |

फागुन १७, संयुक्त राष्ट्रसङ्घ | राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गर

Read More

ग्रिसमा दुई ट्रेन एक आपसमा ठोक्किए, ३२ जनाको मृत्यु

Posted on March 01, 2023 | views : 544 |

फागुन १७, काठमाडौँ | ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ । ८५ भन्दा बढी घाइते भएका छन् । मध्य ग्रिसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएका हुन् । बीबीसीका अनुसार यात्रुवाहक रेलमा ३५० भन्दा बढी यात्रु रहेका जसमध्ये २५० जनाको उद्दार गरिएको

Read More

इटालीमा त्रिसट्ठी जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

Posted on February 28, 2023 | views : 778 |

फागुन १६, काठमाडौँ | इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।  मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार

Read More

युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध

Posted on February 28, 2023 | views : 679 |

एजेन्सी | युक्रेनले आफ्ना देशका पुरुषले सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् । पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् । मंगलबार जर्मनीको सरकारी विश्व

Read More

डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

Posted on February 26, 2023 | views : 519 |

फागुन १४, रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् । समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।  आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार

Read More

टर्की भूकम्प : भवन भत्किएपछि ६०० भन्दा बढी ठेकेदार र मालिकको खोजी, १ सय ८४ जना पक्राउ

Posted on February 26, 2023 | views : 578 |

फागुन १४, काठमाडौँ । टर्की सरकारले फेब्रुअरी ६ मा आएको भूकम्पमा भत्किएका भवनहरूका लागि अहिले ६०० भन्दा बढी व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। न्याय मन्त्री बेकिर बोजडागले शनिबार भवन निर्माण ठेकेदार र मालिकहरू सहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको जानकारी दिए । वर्षौँदेखि विशेषज्ञले भ्रष्टाच

Read More

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

Posted on February 26, 2023 | views : 565 |

फागुन १४, काठमाडौँ । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताउनुभएको हो ।  शनिबार र

Read More

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

Posted on February 26, 2023 | views : 531 |

फागुन १४, वासिङ्टन | अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि  राडारबाट हराएको विमान  दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण क

Read More

पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु, २० घाइते

Posted on February 25, 2023 | views : 619 |

फागुन १३, इस्लामावाद | पाकिस्तानको पूर्वी प्रान्तमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।  पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर क्षेत्र नजिक रहेको सुपर हाइवेमा आज बिहान भएको दुर्घटनामा १३ जनाको ज्यान गएको तथा २० जना घाइते भएका जिल्ला प्रहरी अधिकृत

Read More

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रतिबद्धता

Posted on February 25, 2023 | views : 601 |

फागुन १३, किभ | युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो-याउनुभएको हो ।  दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भ

Read More

सवारी दुर्घटनामा एघार जनाको मृत्यु

Posted on February 24, 2023 | views : 512 |

फागुन १२, नयाँदिल्ली | मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।  छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति  मालसामान बोकेको ट्रक र पिकअप

Read More

रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए नेपालसहित १४१ देश

Posted on February 24, 2023 | views : 516 |

फागुन १२, काठमाडौं | नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर

Read More

फिलिपिन्समा विमान दुर्घटना : चारजनाको मृत्यु

Posted on February 23, 2023 | views : 559 |

फागुन ११, काठमाडौं | फिलिपिन्समा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट रुफिनो

Read More

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का

Posted on February 23, 2023 | views : 583 |

फागुन ११, काठमाडौं | चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ।  भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोम

Read More

वेस्ट बैंकमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते

Posted on February 23, 2023 | views : 602 |

फागुन ११, काठमाडौं | इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।  इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो ।  इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल

Read More

‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

Posted on February 22, 2023 | views : 580 |

फागुन १०, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गर्नुभयो । 

Read More

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’- रुस

Posted on February 21, 2023 | views : 554 |

फागुन ९, काठमाडौं | रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उहाँले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धल

Read More

टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प

Posted on February 21, 2023 | views : 692 |

फागुन ९, एजेन्सी | टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ | नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

Read More

रुसी महिलाहरू बच्चा जन्माउन किन अर्जेन्टिना गइरहेका छन् ?

Posted on February 20, 2023 | views : 433 |

फागुन ८, काठमाडौँ | हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार गत बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी

Read More

रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीलाई १०० अर्ब युरोको क्षति

Posted on February 20, 2023 | views : 690 |

फागुन ८, काठमाडौँ | रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा जर्मनीले १०० अर्ब युरोभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्च नामक संस्थाका अध्यक्ष मार्सल फ्राटशरले विद्युतको मूल्य बढेकाले यो घाटा भएको बताए ।  ‘युक्रेन युद्ध र त्यसपछि ऊर्जाको मूल्यमा भए

Read More

न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु, ३ हजारभन्दा बढी बेपत्ता

Posted on February 20, 2023 | views : 572 |

फागुन ८, वेलिङ्टन | न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ ।

Read More

अमेरिका बन्दुक हिंसाः पाँच हजार आठ सयको मृत्यु

Posted on February 20, 2023 | views : 469 |

वासिङ्टन | हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ ।  आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भन

Read More