२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युद्धविराम : सुडानी नागरिकका लागि आधारभूत आवश्यकता पूरा गर्ने दुर्लभ मौका

२०८०, २८ जेष्ठ आईतवार १३:०३

जेठ २८, खार्तुम | सुडानको राजधानी खार्तुममा शनिबार दुई युद्धरत जनरलबीच २४ घण्टे युद्धविराम लागू भएपछि खार्तुमका बासिन्दाले अशान्तिमा कमी आएको बताएका छन् ।

“युद्ध सुरु भएयता यो पहिलो पटक हो, समय बित्दै छ र हामीले बन्दुकको आवाज सनेका छैनौं,” स्थानीय हामेद इब्राहिमले भन्नुभयो । आजको दिन हाम्रो पूर्वी खार्तुम र छिमेकमा पनि बिल्कुलै फरक भएको छ ।”

सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लो र उनीहरूको अनुयायीले गत अप्रिलको मध्यदेखि नै देशमा युद्ध गरिरहेका छन् ।

द्वन्द्व चर्किएपछि धेरै पटक युद्धविरामका लागि सहमति भएको छ र तोडिएको छ । मे महिनाको अन्त्यमा अन्तिम प्रयास असफल भएपछि वासिङ्टनले दुवै प्रतिद्वन्द्वी जनरलमाथि प्रतिबन्ध लगाएको थियो ।

लगभग दैनिक रूपमा ग्रेटर खार्तुमलाई तहसनहस पार्नेे हवाई आक्रमण र तोपखानाको बमबारीहरू अस्थायी रूपमा भए पनि रोकिएका छन् । यसले फसेका नागरिकहरूलाई अति आवश्यक सामग्रीहरू किन्न बाहिर जाने अवसर दिएको छ ।

“आज हामीले पूर्ण शान्ति देखेका छौँ,” राजधानीको भगिनी शहर ओमदुरमानका बासिन्दा ओथमान हामेदले भन्नुभयो । 

शनिबार खार्तुमको एउटा बजारमा मानिसहरू फलफूल र अन्य आधारभूत वस्तुहरू भण्डारण गर्न लालायित देखिन्थे ।

“हालैका दिनहरूमा तोकिएको खाद्य मात्राको भरमा चल्नुपरेपनि यो युद्धविराम हाम्रो लागि केही खाद्य सामग्री प्राप्त गर्ने अवसर हो,” एक पसले मोहम्मद राडवानले भन्नुभयो । 

स्थानीय हजर युसुफको निर्मम पीडा शान्तिसँगै बाहिरिएको छ । उहाँका अनुसार उहाँ मधुमेहबाट पीडित आफ्नी आमाका लागि इन्सुलिन किन्न खुला फार्मेसीको खोजीमा बाहिर निस्कनुभएको थियो,” दुर्भाग्यवश, मैले यो औषधी कतै फेला पार्न सकिनँ ।”

धेरै मानिसहरूले युद्धविरामको प्रतिज्ञा गरिएको दायरा यति सीमित भएकोमा निराशा पनि व्यक्त गरेका छन् । जे होस्, केही नहुनुभन्दा यही पनि राहत भएको छ ।

खार्तुम उत्तरका बासिन्दा महमुद बशीरले भन्नुभयो, “एक दिनको युद्धविराम हामीले अपेक्षा गरेको भन्दा निकै कम हो । हामी यो निन्दनीय युद्धको अन्त्यको आशामा छौं ।”

युद्धविरामले दिएको सुरक्षा केवल राजधानीबाट भाग्नका लागि एउटा अपूर्व अवसर भएको कतिपय खार्तुमबासीले बताएका छन् ।

बस स्टेसनका कर्मचारी अली इसाले प्रान्तहरूको सापेक्षिक सुरक्षाका लागि धेरै मानिसहरू राजधानीबाट भाग्नका लागि युद्धविरामको प्रयोग गरिरहेको बताउनुभयो । 

“आज, सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ, सायद यो दोब्बर पनि हुन सक्छ,” उहाँले भन्नुभयो । 

द्वन्द्वको अर्को मुख्य युद्धभूमि डार्फरको पश्चिमी क्षेत्रमा युद्धविरामको पालनाको बारेमा तत्काल कुनै शब्द थिएन ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस झडपमा परी एक हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार करिब २० लाख मानिस विस्थापित भएका छन्, जसमध्ये चार लाख ७६ हजार छिमेकी मुलुकमा शरण लिएका छन् ।

शुक्रबार युद्धविरामको घोषणा गर्दै अमेरिका र साउदी मध्यस्थताकर्ताले युद्धरत पक्षलाई यस पटक आफ्नो प्रतिबद्धता पूरा नगरेमा उनीहरूले आफ्नो कूटनीतिक प्रयास तोड्न चेतावनी दिएका छन् । 

“यदि युद्धरत पक्षहरूले २४ घण्टे युद्धविरामको पालना गर्न असफल भए, सहजकर्ताहरूले साउदी शहर जेद्दाहमा गत महिनाको अन्त्यदेखि स्थगित गरिएको वार्ता स्थगित गर्न विचार गर्न बाध्य हुनेछन्,” अमेरिका र साउदी मध्यस्थताकर्ताले बताए ।

सुडानका विशेषज्ञ एली भर्जीका अनुसार यो युद्धविराम यसपूर्वको तुलनामा राम्रो हुनुपर्ने कुनै कारण आफूले देखेको छैन ।

स्वीडेनको युनिभर्सिटी अफ गोथेनबर्गका अनुसन्धाता भर्जीले भन्नुभयो, “दुर्भाग्यवश, कुनै पनि पक्षका लागि प्रोत्साहनमा परिवर्तन आएको छैन । 

विशेष गरी यति छोटो अवधिको युद्धविरामले समान अन्तर्निहित मान्यताहरूको साथ युद्धविरामको अर्थलाई समेट्न र युद्धविरामको पालना र उल्लङ्घनको एकदम फरक परिणामको मूल्याङ्कन गर्न सम्भव हुने छैन । 

अमेरिकी प्रतिबन्ध र वार्ता भङ्ग हुनसक्ने चेतावनीले दुबै पक्षलाई अस्थायी रूपमा नै भएपनि युद्धविरामको सहमति पालना गर्न बाध्य बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ