२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कपिल शर्मा शोमा काम गरिसकेका कमेडियन तीर्थानन्दले फेसबुक लाइभमा गरे आत्महत्या प्रयास

२०८०, ३१ जेष्ठ बुधबार ०६:२७

एजेन्सी | अभिनेता कपिल शर्मासँग कमेडी शोमा काम गरिसकेका कमेडियन तीर्थानन्द रावले सामाजिक सञ्जाल लाइभमार्फत आत्महत्या गर्ने प्रयास गरेका छन् । यति बेला सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन गरेर प्रहरीलाई जानकारी दिए । 


भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार फोन आएपछि प्रहरी सिधै उनको घर पुगे र तीर्थानन्दलाइ नजिकैको एक अस्पतालमा लिएर गए । घटनास्थल पुगेका हवलदार मोरेले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा त्यहाँको स्थिति वर्णन गर्दै भने, ‘फोन आउने बित्तिकै हामी मिरा रोडस्थित शान्ति नगरस्थित बी ५१ बिल्डिङको फ्ल्याट नम्बर ७०३ मा पुगेका थियौँ । त्यहाँ पुग्दा फ्ल्याटको ढोका खुलै थियो र एउटा कुकुर पनि थियो । हामीले बोलाउँदा तीर्थानन्द आधा बेहोस थिए । हामीले उनलाई तत्काल अस्पताल लग्यौँ ।’

फेसबुक लाइभ भिडियोमा, तीर्थानन्द रावले आफ्नो लाइभ-इन पार्टनरलाई "ब्ल्याकमेल" र "फिरौती" को आरोप लगाएका छन्।

के हो घटना ?

तीर्थानन्दले आफ्नो यो अवस्थाका लागि एक महिलालाई जिम्मेवार बताइरहेका छन् । तीर्थानन्दले फेसबुक लाइभमा भनेका छन्, ‘केही महिना अघि मेरो भेट एक महिलासँग भएको थियो । उनका दुई छोरी छन् । हामी लिभ इनमा बसिरहेका थियौँ । त्यति नै बेला मलाई थाहा भयो कि उनी यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् । म उनीबाट टाढिन चाहन्थेँ । यसैबीच ती महिलाले मलाई धम्की दिन थालिन् । उल्टै उनले ममाथि मुद्दा दर्ता गरिन् । मुद्दाको डरले म लामो समयदेखि सबैबाट भाग्दै हिँडिरहेको छु । धेरै दिन भयो, आफ्नै घर जान पनि सकिरहेको छैन र फुटपाथमा सुत्न बाध्य थिएँ । यस्ता कुराबाट म आजित भइसकेको छु, त्यसैले म आत्महत्या गर्न चाहन्छु ।’

यसअघि पनि गरेका थिए आत्महत्याको कोसिस, छिमेकीले बचाएका थिए ज्यान

करिब दुई वर्ष अघि पनि तीर्थानन्दले २७ डिसेम्बर २०२१ बेलुका विष खाएर आत्महत्याको कोसिस गरेका थिए । छिमेकीलाई शङ्का लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । त्यति बेला उनले कोरोनाका कारण काम नपाएपछि यस्तो कदम उठाएको बताएका थिए । 

हिन्दी फिल्म उद्योगमा उनलाई नाना पाटेकर जस्तै देखिन्छ भन्ने गरिन्छ । सोसल मिडियामा पनि उनको आधिकारिक नाम जुनियर नाना पाटेकर नै छ । उनले थुप्रै पटक नाना पाटेकरको बडी डबलको रूपमा पनि काम गरेका छन् । यसबाहेक तीर्थानन्द द कपिल शर्मा शोमा पनि देखिइसकेका छन् । जनवरीको महिनामा उनले अभिषेक बच्चनसँग एउटा फिल्म पनि सुटिङ पुरा गरेका छन् । तीर्थानन्द मार्च महिनादेखि बेरोजगार बसिरहेका छन् । यसैबीच उनको रक्सी पिउने लत पनि निकै बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने