जेठ २७, एजेन्सी | बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिएका छन् ।
सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठहर गरेसँगै जोनसनले राजिनामा दिएका हुन् ।
पार्टीगत रिपोर्टको अग्रिम प्रतिलिपि प्राप्त गरेपछि बोरिस जोनसनले टोरी सांसदको रूपमा तुरुन्तै राजिनामा गर्ने बताइएको हो । जोनसनले आक्रोशित हुने आफूलाई पार्टीबाटै निस्कासन गर्ने रणनीति लिएको आरोप लगाए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!