२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

२०८०, २९ जेष्ठ सोमबार ०६:२७

जेठ २९, ग्रेटा(अस्ट्रेलिया) | अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो । 

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूे अस्पताल पु¥्याएका थिए । 

एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उहाँलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताउनुभएको छ ।

“उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र ‘यो चरणमा चालकविद्ध कुनै आरोप लगाइएको छैन,” उहाँले भन्नुभयो ।

“हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं।

च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए ।

विवाहमा सहभागी भएका यात्रुहरु आ–आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताउनुभयो ।

अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल