४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

२९ जेष्ठ २०८०, सोमबार ०६:२७

जेठ २९, ग्रेटा(अस्ट्रेलिया) | अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो । 

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूे अस्पताल पु¥्याएका थिए । 

एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उहाँलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताउनुभएको छ ।

“उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र ‘यो चरणमा चालकविद्ध कुनै आरोप लगाइएको छैन,” उहाँले भन्नुभयो ।

“हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं।

च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए ।

विवाहमा सहभागी भएका यात्रुहरु आ–आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताउनुभयो ।

अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा