४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा ‘लिभिङ’ पार्टनरद्वारा प्रेमिकाको हत्या- शव काटेर कुकरमा पकाए, त्यसपछि कुकुरलाई खुवाए

२५ जेष्ठ २०८०, बिहीबार ०७:५५

जेठ २५, काठमाडौँ | छिमेकी मुलुक भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६ वर्षीय पुरुषले आफ्नै ३६ वर्षीया पार्टनरको बीभत्स हत्या गरेका छन् ।

रिपोर्टका अनुसार उनले आफ्नै प्रेमिकाको हत्या गरेर उनको शवलाई टुक्रा/टुक्रा बनाई कुकरमा पकाएर कुकुरलाई खुवाएका छन् ।

सञ्चार माध्यमहरूका अनुसार उनीहरू बिच केही कुरालाई लिएर झगडा भए पश्चात् उनले आवेगमा आफ्नी प्रेमिकाको हत्या गरेका थिए । पीडकको नाम मनोज साहनी हो ।

उनी विगत ३ वर्षदेखि मीरा रोड क्षेत्रस्थित आकाशगंगा भवनको सातौँ तल्लामा सरस्वती वैद्य नामकी महिलासँग लिभङमा बस्दै आएका थिए ।

फ्ल्याटबाट दुर्गन्ध आएसँगै बुधवार छिमेकीले यस बारे प्रहरीलाई जानकारी गराए तत्पश्चात् यो घटना सार्वजनिक भएको बताइएको छ ।

आरोपित केही दिन देखि कुकुरलाई केही खुवाइरहेको देखिएको छिमेकीले बताएका छन् । यस कारण उनले शरीरका केही भाग कुकुरलाई खुवाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्राप्त भएका शरीरका भागहरू सडिसकेका अवस्थामा रहेको कारण सो हत्या केही दिन अगाडि भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा