२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा ‘लिभिङ’ पार्टनरद्वारा प्रेमिकाको हत्या- शव काटेर कुकरमा पकाए, त्यसपछि कुकुरलाई खुवाए

२०८०, २५ जेष्ठ बिहीबार ०७:५५

जेठ २५, काठमाडौँ | छिमेकी मुलुक भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६ वर्षीय पुरुषले आफ्नै ३६ वर्षीया पार्टनरको बीभत्स हत्या गरेका छन् ।

रिपोर्टका अनुसार उनले आफ्नै प्रेमिकाको हत्या गरेर उनको शवलाई टुक्रा/टुक्रा बनाई कुकरमा पकाएर कुकुरलाई खुवाएका छन् ।

सञ्चार माध्यमहरूका अनुसार उनीहरू बिच केही कुरालाई लिएर झगडा भए पश्चात् उनले आवेगमा आफ्नी प्रेमिकाको हत्या गरेका थिए । पीडकको नाम मनोज साहनी हो ।

उनी विगत ३ वर्षदेखि मीरा रोड क्षेत्रस्थित आकाशगंगा भवनको सातौँ तल्लामा सरस्वती वैद्य नामकी महिलासँग लिभङमा बस्दै आएका थिए ।

फ्ल्याटबाट दुर्गन्ध आएसँगै बुधवार छिमेकीले यस बारे प्रहरीलाई जानकारी गराए तत्पश्चात् यो घटना सार्वजनिक भएको बताइएको छ ।

आरोपित केही दिन देखि कुकुरलाई केही खुवाइरहेको देखिएको छिमेकीले बताएका छन् । यस कारण उनले शरीरका केही भाग कुकुरलाई खुवाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्राप्त भएका शरीरका भागहरू सडिसकेका अवस्थामा रहेको कारण सो हत्या केही दिन अगाडि भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल