विश्व |


वरिष्ठ पाकिस्तानी पत्रकार सामी अब्राहम इस्लामावादबाट अपहरण

Posted on June 15, 2023 | views : 499 |

जेठ ३२, एजेन्सी | वरिष्ठ पाकिस्तानी पत्रकार सामी अब्राहमलाई इस्लामावादमा अज्ञात व्यक्तिहरूले 'अपहरण' गरेका छन्। उनको परिवारले हालसम्म उनको बारेमा कुनै जानकारी उपलब्ध नभएको दाबी गरेको डनले रिपोर्ट गरेको छ। अब्राहामलाई कानून प्रवर्तनले हिरासतमा लिएको बताइएको थियो। तैपनि पत्रकारको परिवारसँग म

Read More

ग्रीसमा शरणार्थी चढेकोे डुङ्गा डुब्दा ३२ जनाको मृत्यु

Posted on June 14, 2023 | views : 580 |

जेठ ३१, एथेन्स | ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ । एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । हेलेनिक कोस्ट गार्डले इमे

Read More

नाइजेरियामा डुङ्गा पल्टियो, सयभन्दा बढीको मृत्यु

Posted on June 14, 2023 | views : 448 |

एजेन्सी | नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ अझै बेपत्ता छन् । डुङ्गामा तीन सय जना सवार थिए । यी मानिसहरू एक विवाहमा सहभागी भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला यो दुर्घटना भएको हो । अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । राह

Read More

कपिल शर्मा शोमा काम गरिसकेका कमेडियन तीर्थानन्दले फेसबुक लाइभमा गरे आत्महत्या प्रयास

Posted on June 14, 2023 | views : 538 |

एजेन्सी | अभिनेता कपिल शर्मासँग कमेडी शोमा काम गरिसकेका कमेडियन तीर्थानन्द रावले सामाजिक सञ्जाल लाइभमार्फत आत्महत्या गर्ने प्रयास गरेका छन् । यति बेला सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन गरेर प्रहरीलाई जानकारी दिए ।  भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार फोन

Read More

मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता

Posted on June 13, 2023 | views : 568 |

जेठ ३०, काठमाडौँ | भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । करिब १२ देखि वर्षका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ ।  केटा किनारबाट करिब आधा किलोमिटर पुगेको ए

Read More

विमान दुर्घटनापछि कोलम्बियाको घना जङ्गलमा ४० दिनसम्म कसरी बाँचे यी चार बालबालिका ?

Posted on June 13, 2023 | views : 442 |

एजेन्सी | शुक्रवार, जुन ९ को रात कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार !’ विगत ४० दिनदेखि घना जङ्गलमा हराइरहेका चार बालबालिका जीवित र सकुशल फेला परेको वाकीटकीमा सेनाको कोडेड सन्देशमार्फत

Read More

चीनमा पछिल्लो ४ बर्षमा एक लाख ८० हजारभन्दा बढीलाई वित्तीय ठगीको आरोपमा मुद्दा दायर

Posted on June 13, 2023 | views : 579 |

जेठ ३०, बेइजिङ । (रासस/सिन्ह्वा) । सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पु¥यागएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्

Read More

छिमेकीद्वारा ११ वर्षीया कन्याको गोली हानी हत्या

Posted on June 13, 2023 | views : 610 |

जेठ ३०, पेरिस (रासस-एएनआई): फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११  वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ ।  सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।  आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते

Read More

ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ

Posted on June 13, 2023 | views : 517 |

जेठ ३०, ओडिशा | ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट  १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि  एसटिएफले  ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र  ११५ क

Read More

अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे

Posted on June 12, 2023 | views : 451 |

जेठ २९, ह्युस्टन | अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरे

Read More

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

Posted on June 12, 2023 | views : 848 |

जेठ २९, काठमाडौँ | साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्

Read More

चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित

Posted on June 12, 2023 | views : 451 |

जेठ २९, मुम्वई | भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् ।  पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि शहर

Read More

विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

Posted on June 12, 2023 | views : 440 |

जेठ २९, ग्रेटा(अस्ट्रेलिया) | अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बाय

Read More

युद्धविराम : सुडानी नागरिकका लागि आधारभूत आवश्यकता पूरा गर्ने दुर्लभ मौका

Posted on June 11, 2023 | views : 340 |

जेठ २८, खार्तुम | सुडानको राजधानी खार्तुममा शनिबार दुई युद्धरत जनरलबीच २४ घण्टे युद्धविराम लागू भएपछि खार्तुमका बासिन्दाले अशान्तिमा कमी आएको बताएका छन् । “युद्ध सुरु भएयता यो पहिलो पटक हो, समय बित्दै छ र हामीले बन्दुकको आवाज सनेका छैनौं,” स्थानीय हामेद इब्राहिमले भन्नुभयो । आजको दिन हाम्रो पूर्वी ख

Read More

ट्वीटरले प्रयोगकर्तालाई दिंदैछ ६५ करोड रुपैयाँ

Posted on June 11, 2023 | views : 330 |

एजेन्सी | माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्तालाई ६५ करोड रुपैयाँभन्दा धेरै रकम दिने भएको छ । ट्वीटर कम्पनीका मालिक एलन मस्कले शुक्रबार एक ट्वीट गर्दै ट्वीटरका भेरिफाइड कन्टेन्ट क्रियटर्सलाई उनीहरुको रिप्लाइ आउने विज्ञापनका लागि निश्चित रकम प्रदान गरिने घोषणा गरेका हुन् । त्यसमध्ये पहिलो च

Read More

अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

Posted on June 10, 2023 | views : 464 |

जेठ २७, काबुल | अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँनु भएको छ।  स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले  उल्लेख गरेअनुसार मन्त्रीले भन्नु भएको छ- "हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ

Read More

विमान दुर्घटना परेका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

Posted on June 10, 2023 | views : 575 |

जेठ २७, बोगोटा | विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका  छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य 

Read More

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

Posted on June 10, 2023 | views : 814 |

जेठ २७, टोकियो | जापानको टोकियोस्थित हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा  विमानस्थलको  धावनमार्ग

Read More

बेलायतका पूर्व प्रधानमन्त्री जोनसनले सांसद पदबाट दिए राजिनामा

Posted on June 10, 2023 | views : 401 |

जेठ २७, एजेन्सी | बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिएका छन् । सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठ

Read More

सिनजियाङको मरुभूमिमा चीनले किन खन्दैछ सगरमाथाको उचाइभन्दा पनि गहिरो खाडल ?

Posted on June 09, 2023 | views : 964 |

एजेन्सी | चिनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो ।चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो गहिरो खाडल पृथ्वीको सबैभन्दा पुरानो क्रेटासियस कालीन तहसम

Read More

१० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो, २३ प्रतिशतले वृद्धि

Posted on June 09, 2023 | views : 435 |

जेठ २६,  काठमाडौँ | चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि हुँदै १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको ज

Read More

‘अखण्ड भारत’को नक्साबारे भारतीय विदेशमन्त्रीले भने- नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन

Posted on June 08, 2023 | views : 489 |

जेठ २५, नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्शा राजनीतिक विषय नभएको बताएका छन् । छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको तर, अर्को देश पाकिस्तानले बुझ्ने हैसियत नराख्ने उनले टिप्पणी गरे । नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्शाप्रति भइरहेको व

Read More

बार्सिलोना छाडेर इन्टर मियामी रोज्नुको कारणबारे यसो भन्छन् मेस्सी

Posted on June 08, 2023 | views : 541 |

जेठ २५, काठमाडौँ | पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोना फर्कने सम्भावना थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने भएका छन् । प्रक्रिया पूरा हुन बाँकी रहे पनि उनले

Read More

भारतमा ‘लिभिङ’ पार्टनरद्वारा प्रेमिकाको हत्या- शव काटेर कुकरमा पकाए, त्यसपछि कुकुरलाई खुवाए

Posted on June 08, 2023 | views : 787 |

जेठ २५, काठमाडौँ | छिमेकी मुलुक भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६ वर्षीय पुरुषले आफ्नै ३६ वर्षीया पार्टनरको बीभत्स हत्या गरेका छन् । रिपोर्टका अनुसार उनले आफ्नै प्रेमिकाको हत्या गरेर उनको शव

Read More