चैत ७, सिरहा | चैत १७ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ‘परीक्षा केन्द्र’ टाढा तोकेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित मावि महदेवा पोर्ताका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

सो विद्यालयका विद्यार्थीहरुले आज मध्यान्हबाट लहान–ठाडी सडक अवरुद्ध पारेका हुन् । सडक अवरुद्ध पारेपछि सवारी साधनहरु अलपत्र परेका छन् । उनीहरु पहिलेदेखि रहँदै आएको विद्यालयमा परीक्षा केन्द्र तोक्नुपर्ने माग गरेका छन् ।

विद्यार्थीको आन्दोलनमा विद्यालयका शिक्षकहरु समेत सहभागी भएका थिए । प्रधानाध्यापक घुरन यादवले जिल्ला शिक्षा समन्वय समितिले मनपरी ढंगले परीक्षा केन्द्र तोकेपछि आन्दोलन गर्नुपरेको बताए ।

उनका अनुसार समितिले यस वर्ष लहान नगरपालिका २१ स्थित सगरमाथा मावि ढोढना विरनगरमा परीक्षा केन्द्र तोकेको छ । यो केन्द्र २० किलोमिटर टाढा पर्छ ।

विगतमा वडा नम्बर ३ स्थित मनेलाल जनता मावि सोठियाइनमा परीक्षा केन्द्र तोकिँदै आएको थियो । यहाँ परीक्षा केन्द्र तोक्दा घरबाटै विद्यार्थीहरु परीक्षा दिन भ्याउथे । तर यो वर्ष २० किलोमिटरभन्दा बढी दूरीमा रहेको विद्यालयमा परीक्षा केन्द्र तोकेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेको प्रधानाध्यापक यादवले बताए ।

उनले पायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोक्न समन्वय समितिका कर्मचारीले रकम मागेको र नदिएपछि २० किलोमिटर टाढा केन्द्र तोकिदिएको आरोप समेत लगाए । उनले चेतावनी दिए, ‘समन्वय समितिले तत्कालै परीक्षा केन्द्र सच्याओस् । यदि नभए कडा आन्दोलन गर्छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादव र प्रधानाध्यापक घुरन यादवले विज्ञप्ति जारी गर्दै परीक्षा केन्द्र विगतमा तोकिएको विद्यालयमा राख्नुपर्ने माग गरेका छन् ।

अभिभावक तथा विव्य समितिका सदस्य गुलटेन यादवले परीक्षा केन्द्र टाढा तोकेर विद्यार्थीसँग अन्याय गरिएको बताए । उनले भने, ‘अहिले तोकिएको परीक्षा केन्द्र धेरै टाढा छ । विद्यार्थीले समस्या झेल्नुपर्छ । जिल्ला समन्वय समितिसँग तत्कालै निर्णय सच्याउन हाम्रो माग छ ।’

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML