२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

‘घर बनाउ त पानी छैन, नबनाउ भने बस्नेठाउँ छैन’

२०७३, ४ माघ मंगलवार ११:०१

माघ ४, धुलिखेल । कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ । गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो । 

बुद्धिमाया भन्नुहुन्छ– “धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घन्टादेखि डेढ घन्टा लाग्छ ।” कारण सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा छ त्यहाँ । ‘हामी गाउँभरिकालागि धारा एउटै मात्र छ, यसमा कस्ले मात्रै थाप्ने ?’ उहाँले भन्नुभयो “यही कारण घरको एक जनाको काम भनेको खानेपानी ओसार्ने मात्रै हो ।” गाउँभरिका मानिस त्यहीँ धारामा जम्मा हुने भएकाले पालो कुरेर बस्दैमा हैरान हुने उहाँले सुनाउनुभयो । 

उक्त धारा पनि विद्यालयको हाताभित्र रहेको र त्यही धारा गाउँले सबैले प्रयोग गर्ने भएकाले पनि पानीको थप समस्या भएको स्थानीयवासीको भनाइ छ । भूकम्पका कारण गाउँमा भएको पुरानो पँधेरो सुकेपछि झन् पानीको हाहाकार भएको हो ।

‘गाउँमा पानी नै छैन, खानेपानी पनि दिनभरी लगाएर बोकेर पु¥याउनु छ ।’ परियारले भन्नुभयो, ‘मान्छेलाई पानी खान त यस्तो समस्या छ, बस्तुभाउलाई पनि मुस्किलले प¥याउँदै आइरहेका छौँंस्तो अवस्थामा घर कसरी बनाउने ?” 

घरमा पुरुषको काम पनि महिलाले नै गर्नुपर्छ ।’ परियारले थप्नुभयो ‘गाउँमा काम गर्ने मान्छे पनि पाउन मुस्किल छ, अब घर बनाउन मान्छे खोजेर ठेक्कामा दिनुपर्छ ।’ 

बुद्धमाया जस्तै अर्का विमला परियारको पनि समस्या एउटै हो । विमला पनि बुद्धिमायासँगै खानेपानी ओसार्ने गर्नुहुन्छ । ‘खानेपानीको अभावका कारण घर बनाउनसक्ने अवस्था छैन ।’ विमलाले भन्नुभयो “जाडो छ, बस्ने घर छैन तर बनाउनलाई पानी पनि छैन, कसरी घर बनाउने ?” 

पानीको अभावका कारण गाउँमा भूकम्पपछिको पुनःनिर्माण गर्न नसकेको स्थानीयवासीको भनाइ छ । पानीको समस्यालाई पूर्ति गर्न अहिले स्थानीय चौरीखोला पाथिभरा लिफ्टिङ तथा खानेपानी सरसफाइ उपभोक्ता समिति गठन गरी काम भइरहेको समितिका अध्यक्ष यादवराज गिरीले जानकार िदिनुभयो । 

हामीले त्यसको लागि प्रतिघरधुरी रु तीन हजार ५०० का दरले रकम उठाएर काम थालेका छौँं ।’ गिरीले भन्नुभयो, केही महिनापछि पानीको समस्या थोरै भए पनि सुल्झाउन सकिन्छ भन्नेमा आशावादी छौ ।’ 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रामप्रसाद बरालले भन्नुभयो “यहाँ अहिले दुई सय घरधुरीका बासिन्दाले यहीँ एउटा धारको पानी उपभोग गर्नुपर्दा धेरै समस्या खेप्नु परेको छ ।” अब केही समयपछि त्यो समस्याबाट केही भए पनि मुक्त हुने बरालको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ