2026-11-01 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

‘घर बनाउ त पानी छैन, नबनाउ भने बस्नेठाउँ छैन’

माघ ४, धुलिखेल । कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ । गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो । 

बुद्धिमाया भन्नुहुन्छ– “धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घन्टादेखि डेढ घन्टा लाग्छ ।” कारण सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा छ त्यहाँ । ‘हामी गाउँभरिकालागि धारा एउटै मात्र छ, यसमा कस्ले मात्रै थाप्ने ?’ उहाँले भन्नुभयो “यही कारण घरको एक जनाको काम भनेको खानेपानी ओसार्ने मात्रै हो ।” गाउँभरिका मानिस त्यहीँ धारामा जम्मा हुने भएकाले पालो कुरेर बस्दैमा हैरान हुने उहाँले सुनाउनुभयो । 

उक्त धारा पनि विद्यालयको हाताभित्र रहेको र त्यही धारा गाउँले सबैले प्रयोग गर्ने भएकाले पनि पानीको थप समस्या भएको स्थानीयवासीको भनाइ छ । भूकम्पका कारण गाउँमा भएको पुरानो पँधेरो सुकेपछि झन् पानीको हाहाकार भएको हो ।

‘गाउँमा पानी नै छैन, खानेपानी पनि दिनभरी लगाएर बोकेर पु¥याउनु छ ।’ परियारले भन्नुभयो, ‘मान्छेलाई पानी खान त यस्तो समस्या छ, बस्तुभाउलाई पनि मुस्किलले प¥याउँदै आइरहेका छौँंस्तो अवस्थामा घर कसरी बनाउने ?” 

घरमा पुरुषको काम पनि महिलाले नै गर्नुपर्छ ।’ परियारले थप्नुभयो ‘गाउँमा काम गर्ने मान्छे पनि पाउन मुस्किल छ, अब घर बनाउन मान्छे खोजेर ठेक्कामा दिनुपर्छ ।’ 

बुद्धमाया जस्तै अर्का विमला परियारको पनि समस्या एउटै हो । विमला पनि बुद्धिमायासँगै खानेपानी ओसार्ने गर्नुहुन्छ । ‘खानेपानीको अभावका कारण घर बनाउनसक्ने अवस्था छैन ।’ विमलाले भन्नुभयो “जाडो छ, बस्ने घर छैन तर बनाउनलाई पानी पनि छैन, कसरी घर बनाउने ?” 

पानीको अभावका कारण गाउँमा भूकम्पपछिको पुनःनिर्माण गर्न नसकेको स्थानीयवासीको भनाइ छ । पानीको समस्यालाई पूर्ति गर्न अहिले स्थानीय चौरीखोला पाथिभरा लिफ्टिङ तथा खानेपानी सरसफाइ उपभोक्ता समिति गठन गरी काम भइरहेको समितिका अध्यक्ष यादवराज गिरीले जानकार िदिनुभयो । 

हामीले त्यसको लागि प्रतिघरधुरी रु तीन हजार ५०० का दरले रकम उठाएर काम थालेका छौँं ।’ गिरीले भन्नुभयो, केही महिनापछि पानीको समस्या थोरै भए पनि सुल्झाउन सकिन्छ भन्नेमा आशावादी छौ ।’ 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रामप्रसाद बरालले भन्नुभयो “यहाँ अहिले दुई सय घरधुरीका बासिन्दाले यहीँ एउटा धारको पानी उपभोग गर्नुपर्दा धेरै समस्या खेप्नु परेको छ ।” अब केही समयपछि त्यो समस्याबाट केही भए पनि मुक्त हुने बरालको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द