By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बालबालिकाहरुलाई सुनौं !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > बालबालिकाहरुलाई सुनौं !
बर्दिया - BRDलेख

बालबालिकाहरुलाई सुनौं !

साझासवाल
Last updated: February 3, 2017 9:31 am
साझासवाल
10 Min Read
Share


प्रभात सुवेदी | संस्कार एउटा मानवीय लगाम हो जसले मानिसलाई जीवनमा सहि बाटोमा हिड्नका लागि निर्देशित गरिरहेको हुन्छ । संस्कार समानिर्मित सामाजिक मूल्य हो । यसकै परिवेशमा रहेर मानिसले आफूलाई संस्कारित बनाउँदै जान्छ र समाजमा घुलमिल हुन्छ । यति मात्रै नभएर संस्कारका कारणले नै मानिसले समाजोपयोगी व्यवहार पनि सिकिरहेको हुन्छ जुन समाजको अपेक्षा पनि हो । 

यसरी मानिसलाई संस्कार सिकाउने विभिन्न सामाजिक माध्यमहरु हुन्छन् । यस प्रकारका सामाजिक माध्यमहरु प्राय धर्मद्वारा निर्देशित हुन्छन् । कुनै पनि धर्मको उद्देश्यलाई हामीले हेर्यौं भने सबैमा एउटा साझा लक्ष्य हुन्छ त्यो साझा लक्ष्य भनेको मानिसलाई संस्कारित बनाउने नै हो । हिन्दु धर्म अनुसार बालकको संस्कार ब्रतवन्ध पनि यसैको ज्वलन्त उदाहरण हो । जुन संस्कारपछि मानिसलाई जिम्मेवारीबोध हुनुका साथै एउटा संस्कारभित्र प्रवेश गराउनका लागि मद्दत गर्दछ । हिन्दु धर्मअनुसार ब्रतवन्ध संस्कारपछि बालकको सामाजिक तथा पारीवारिक जिम्मेवारीमा वृद्धि भएको हुन्छ । जस्तो कि केही पारीवारिक निर्णयहरु तथा घर परीवारको आन्तरिक कार्यहरुमा पनि सहभागिता तथा जिम्मेवारीमा वृद्धि हुन्छ । यो अत्यन्तै महत्वपूर्ण हुन्छ । समाजमा किन पनि यसको महत्व छ भने यसरी दिइने भूमिका वा जिम्मेवारीका कारण बालबालिकाहरुमा आत्मविश्वासमा वृद्धि हुन्छ र उनीहरुमा समाजमा सजिलैसँग घुलमिल हुन सक्ने सकारात्मक बानीको विकास हुन्छ ।  यसका साथै निर्णय गर्ने क्षमतामा पनि वृद्धि हुन्छ । 

गत माघ १९ गते विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा आरधना गरी मनाइएको छ । जे भएपनि पछिल्लो समयमा सरस्वती पूजा अर्थात वसन्त पञ्चमीको पूजा कार्यक्रमले शैक्षिक प्रतिष्ठानहरुमा निकै महत्व पाएको छ । विद्यालयहरुमा पनि यसको रौनकता छुट्टै हुन्छ । कमसेकम सरस्वती पूजाको नाममा विद्यालयमा थुप्रै सकारकात्मक कार्यहरु हुने गर्दछ । विद्यालयमा आजभोलि विद्यालयको क्षमता अथवा उपलब्ध स्थान अनुसारको सरस्वतीको मन्दिर निर्माण गर्ने परम्परा रहेको छ । नभएपनि यज्ञमण्डप बनाएर भएपनि सरस्वती पूजा गरिने परम्परा नै बनिसकेको छ । सधैं जस्तै यसपाली पनि विभिन्न शैक्षिक संस्थाहरुमा छुट्टै खालको वातावरण देखियो । विद्यार्थीहरुमा समर्पण भाव उर्लिएर आएको देख्दा साच्चै अब विद्यालयमा कोही पनि बालबलिकाहरु उदण्ड छैनन् र सबै नै अत्यन्तै अनुशासित र मर्यादित छन् भन्ने  देखियो । कोही बालबालिकाहरु कक्षाकोठा तथा कोही बालबालिकाहरु विद्यालयको चौरको पूर्ण रुपमा सरसफाई गर्नका लागि जुटे । धेरै जना मिलेर काम गर्दा विद्यालयलाई एकैक्षणमा अत्यन्तै शोभायमान बनाए । कहिँकतै पनि सानो कागज वा प्लास्टिकको टुक्रा देखिएन । विद्यालय कुनै स्टार होटल नै हो कि भनेजस्तै देखियो । 

आखिर गरे के हुँदैन र ! बालबलिकाहरुमा इच्छाशक्तिलाई जागृत गरिदिनु पर्दछ । जुन पनि सकारात्मक कार्यहरु सजिलै गर्न सकिन्छ । यस प्रकारकार कार्यहरुबाट एकातिर विद्यालयको पर्यावरणमा पनि सुधार गर्न सकिन्छ भने अर्कातिर बालकालिकाहरुमा असल संस्कारको शुरुवात गर्न सकिन्छ । केही सिनियर बालबालिकाहरुले काम गरेको देख्दा साना साना भाइबहिनीहरुले पनि यसको सिको गरिरहेका हुन्छन् । किनकी कुनै पनि सकारात्मक कार्यहरु देखेर नै सिकिन्छ । त्यसैले यस्ता कार्यहरु अनुकरणीय बन्दछन् । 

यति मात्रै हैन वसन्त पञ्चमीकै सन्दर्भ पारेर केही विद्यालयहरुमा सांस्कृतिक कार्यक्रमहरु विभिन्न स्वरुपमा आयोजना पनि गरिए । कहिं बालबालिकाहरुले आफ्ना नृत्यहरु देखाए, गीत गाए, अभिनय गरे, राम्रो उद्घोषण गरे, परम्परागत भेषभूषामा सजिएर प्रतियोगिताहरुमा भाग लिए भने कसैले कुनै पनि खालका आफूमा भएका प्रतिभाहरु देखाएर साथीहरु, शिक्षकहरु तथा अभिभावकहरुलाई खुशी बनाएर । यसरी खुशी बनाइरहँदा उनीहरुमा एक खालले आत्मविश्वाको पनि वृद्धि भैरहेको थियो । जुन आत्म विश्वासले उनीहरुको भविष्यको मार्ग खोलिरहेको थियो । किनकि मानव जीवनमा आत्मविश्वास भनेको जो कोहीलाई पनि आवश्यक पर्ने कुरा हो । हरेक कार्यका लागि आत्मविश्वासको नै जरुरी पर्दछ । सरस्वती पूजाको कार्यक्रमलाई विद्यार्थीहरुले एउटा सुन्दर अवसरका रुपमा लिए र भरपूर रुपमा सदुपयोग पनि गरे । सधैं पठनपाठनको कार्यमा मात्रै सहभागी भैरहँदा कहिलेकाहीँ बालकालिकाहरुलाई यस प्रकारका कार्यक्रमहरुमा सहभागी भएर आफ्ना कला र प्रतिभाहरु देखाउन पाउँदा निकै स्वच्छ भएको अनुभूति गरे । साथीहरुसँग रमाए, गीत तथा नाचहरुमा जोड जोडले हुटिङ गरे र आफ्ना साथीहरुको कला र प्रतिभालाई निकै तारिफ गरेर साथ दिए । यसबाट साथीहरु पनि निकै खुशी भए । उनीहरुमा अझ थप हौषला बढ्यो । यसले गर्दा उनीहरुको मन र मस्तिष्कमा सिकाइका लागि पनि प्रसस्त स्थान तयार गरे । 

पूजाकै दिन बालबालिकाहरुले जे जस्तो भए पनि आज सरस्वती पूजा हो भनेर बिहानै उठेर आफ्नो शरीरको सरसफाई गरे । अघिपछि अलि अल्छि मानेर धेरैबेरसम्म सुतिरहने बानी भएका बालबालिकाहरु सरस्वती पूजाको दिनमा अलि सबेरै उठेर नुहाइधुवाई गरेर सफा र राम्रा लुगा लगाएर चिटिक्क परेर हातमा पूजा सामग्रीहरु लिएर विद्यालयमा पुगे । उनीहरु आ–आफ्नो कक्षाको लाइनमा बडो अनुशासितपूर्वक बसेर हातमा टीका, फूल, प्रसाद, धुप आदि पूजा सामग्रीहरुका साथमा सरस्वती माताको मन्दिर अगाडि उभिएर निकै श्रद्धाभाव प्रकट गर्दै पूजा आरधना गरे । कोही निकै समर्पणभावका साथ आँखा बन्द गरेर सरस्वती मातासँग वरदान मागे कोहीले बडो विनम्रतापूर्वक हात जोडेर सरस्वती वन्दना गाए । 

कक्षामा अध्ययनमा त्यति रुची नदिने वा पढाइमा कमजोर भनेका बालबालिकाहरु अध्ययन भन्दा पनि सरस्वती पूजाको सन्दर्भमा आयोजना गरिएका कार्यक्रमहरुमा निकै सक्रियताका साथ लागिपरे । सरसफाइदेखि लिएर ध्वजा पताका लगाउने, विद्यालयको प्राङ्गणलाई सजाउने कार्यमा ऊनीहरुकै भूमिका निकै सक्रिय रह्यो । यसले के कुराको सङ्केत भयो भने बालबालिकाहरुमा कुनै न कुनै क्षमता रहेको छ । त्यो क्षमतालाई उजागर गर्नका लागि विद्यालयले वातावरण र अवसर दुबै प्रदान गर्नु पर्दछ । एकोहोरो पठनपाठन र कक्षाकोठामा मात्रै शैक्षिक क्रियाकलापलाई सिमित गरियो भने विद्यार्थीहरुमा एकोहोरोपनाको आभाष हुने रहेछ । त्यसैले पनि बालबालिकाहरुलाई यस प्रकारका सामाजिक क्रियाकलापहरुमा पनि सहभागी गराउन सकिएको खण्डमा उनीहरुले प्रसस्त मनोरञ्जन  प्राप्त गर्नुका साथै सामजिक मूल्य, मान्यता, नैतिकता र आदर्शका पाठहरु सिक्न पाउँदछन् जसले गर्दा सिकाइ क्रियाकलाप पनि सहज बन्छ । त्यसैले कुनै पनि शैक्षिक संस्थाहरुले बालबालिकाहरुलाई कक्षाकोठामा मात्रै खाँदेर शिक्षण सिकाइ क्रियाकलाप मात्रै सञ्चालन गर्दछ भने ती बालबालिकाहरु सामजिक बन्नै सक्दैनन् । सामाजिक बन्नका लागि त समाजमा हुने र समाजले अपेक्षा गरेअनुरुपका व्यवहारहरुमा सहभागी गराउँदै बिस्तारै परिवर्तन ल्याउनु जरुरी हुन्छ । यसका लागि बालबालिकाहरुको अन्र्तआत्मामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरिनु पर्दछ जुन अवसरको खोजीमा उनीहरु निरन्तर रहेका हुन्छन् । यसबाट सामूहिकता, हार्दिकता, सहयोगी भावनाको विकास हुनुका साथै एउटा असल संस्कारको शुरुवता पनि हुन्छ । 

विद्यालयमा भैरहेको सांस्कृतिक कार्यक्रममा एकजना विद्यार्थीले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिरहेको समयमा आफूभित्रको संवेगलाई नृत्यको माध्यमबाट प्रस्तुत गर्नका लागि अर्का एक विद्यार्थी अचानक स्टेजमा चढे र धित मरुन्जेल नाचे । यो कृयाकलापले उनी आफूलाई हलुका बनाए र साथीहरुलाई आफूले पनि आफ्नो प्रतिभा देखाउन पाएकोमा अत्यन्तै खुशी पनि भए । बालबालिकाहरुमा अनेकन स्वभावहरु हुन्छन् ती स्वभावहरुलाई बुझेर काम गर्नु र आवश्यक पर्दा सकारात्मक सहजीकरण गरिदिनु विद्यालय तथा शिक्षकहरुको कर्तव्य पनि हो ।

त्यसैले, बालबालिकाहरुको सकारात्मक प्रयासलाई सदा स्वागत गर्ने परिपाटिको विकास विद्यालयमा हुनु पर्दछ । यसका लागि शिक्षकहरुले आफ्नो अध्यापनको पाटो र तलबलाई मात्रै शिक्षण सिकाइ मान्नु हुँदैन । यसमा थुप्रै जिम्मेवारीहरु रहन्छन् । उदाहरणको लागि हामीले आफ्नो घरमा आफ्नै छोराछोरीहरुको कुरा सुनेनौं र उनीहरुले भनेका र गरेका कामहरुको बारेमा जानकारी नै लिएनौं वा उनीहरुले बाबा वा आमा भनेर बोलाउँदा पनि हामीले झर्को मानिदियौं भने पनि यसको असर उनीहरुमा जीवनभर परिरहन्छ । उनीहरुले आफ्नो मनमा रहेको कुराहरु अभिव्यक्त गर्न सक्दैनन् र सधैं पछाडि परिरहन्छन् । यसको घाटा अभिभावक स्वयंलाई परिरहेको हुन्छ । आफ्ना बालबालिकाहरुमा भविष्यमा गएर आफ्नो विचार अभिव्यक्ति गर्न सक्ने क्षमताको विकास नहुँदा जीवनमा सदा पछाडि परिहरनुको पीडा ऊ आफैलाई त एकातिर हुन्छ नै अर्कातिर अभिभावकहरुले आफ्ना सन्तानप्रति गरेको लगानीको अर्थ कहाँनिर हुन्छ खोज्नु पर्ने अवस्था हुन्छ । त्यसैले बालबालिकाहरुलााई सुनौं र उनीहरुलाई बुझौं अनि उनीहरुको हरेक सकारात्मक चाहना र अपेक्षाको सम्मान गरौं । यसका लागि आवश्यकताअनुसार विद्यालय तथा शिक्षकहरुबाट भरपूर रुपमा सहयोग गरौं अनि उनीहरुको सकारात्मक कार्यहरुमा शिक्षक,  अभिभावकहरु सबैले बसेर साथ दिऔँ र प्रशंसा गरौँ ताली बजाऔँ अनि आगामी दिनका लागि मार्गदर्शन पनि गरौँ । 

अतः बालबालिकालाई हामीले सुन्नु पर्दछ । उनीहरुमा भएका र उब्जिएका विचारहरु हाम्रा लागि पनि प्रेरणादायी हुन सक्दछन् । उनीहरुमा पनि केही न केही क्षमता लुकिरहेको हुन्छ । यदि हामीले समयमा नै यस्ता कुराहरुप्रति वास्ता नै गरेनौं भने आन्तरिक प्रतिभाका मुनाहरु त्यत्तिकै कुहिएर जान्छन् । यसरी कुहिरहँदा उनीहरुको जीवन वर्वाद त हुन्छ नै साथै यो कुहाइबाट समाज नै दुर्गन्धित हुन सक्दछ । त्यसैले यो समाजलाई गन्हाउने बनाउने हो वा सुगन्धित बनाउने हो, यो जिम्मा तपाईं हामी सबै अभिभावकहरुको हो । त्यसैले बालबलिकाहरुलाई प्रसस्त सुनौं, बुझौं, मनन गरौं र उनीहरुबाटै सिकौं अनि समाज र संस्कृति सिकाऔं र अध्ययन मात्रै नभएर विविध सिकाइका माध्यमबाट उनीहरुको आन्तरिक क्षमतालाई प्रस्फुटनको अवसर प्रदान गरौं । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन: कोइराला
Next Article ‘मेलम्चीको पानी नखाई धुलो खाएर मरिनेभो’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्यटकीय केन्द्र बर्दियाको वर्हैया ताल

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिशेष खबरबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

तीज गीतमा रमाउँदै महिला

57 years ago
बर्दिया - BRDबिशेष खबर

बर्दियाका सलामले बनाएर उडाए पारामोटर (भिडियोसहित)

57 years ago
बर्दिया - BRDसमाज

प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङ्क्रमण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?