सास । बैशाख १७, बर्दिया ।

अाइतबार विहानैदेखि मौसम अलि खराव त थियो नै तर करिव साडे नौ बजेतिर एक्कासी सदरमुकाम गुलरियाको आकाशमा एउटा अनौठो बस्तु देखियो जसको तल नेपालको चन्द्र र सूर्य अंकित झण्डा फर्फराइरहको थियो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख १७, बर्दिया ।

अाइतबार विहानैदेखि मौसम अलि खराव त थियो नै तर करिव साडे नौ बजेतिर एक्कासी सदरमुकाम गुलरियाको आकाशमा एउटा अनौठो बस्तु देखियो जसको तल नेपालको चन्द्र र सूर्य अंकित झण्डा फर्फराइरहको थियो ।

2026-06-26 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाका सलामले बनाएर उडाए पारामोटर (भिडियोसहित)

2017-04-30

सास । बैशाख १७, बर्दिया ।

अाइतबार विहानैदेखि मौसम अलि खराव त थियो नै तर करिव साडे नौ बजेतिर एक्कासी सदरमुकाम गुलरियाको आकाशमा एउटा अनौठो बस्तु देखियो जसको तल नेपालको चन्द्र र सूर्य अंकित झण्डा फर्फराइरहको थियो ।

 

यो दृश्य देखिरहेकाहरु भन्दै थिए । सरकार र नेताहरुले यस्ता व्यक्तिहरुलाई राख्नु पर्दछ । नेपालीमा नै यस्तो प्रतिभा रहेछ ।  कोही भन्दै थिए, विदेशीले थाहा पाए भने लैजान्छन् । कोही हुटिङ गर्दै थिए । कोही स्यावासी दिँदै थिए  भने कोही अचम्मित हुँदै थिए । पारामोटर तल र माथि गरेको देखेर कतै केही हुने हो कि भनेर कसैको मुटुको धड्कन पनि बढेको थियो । तर यसैबीच एक पाँच दशक उमेरका जना व्यक्ति सेता दाह्रीसँगै निकै हसिलो मुद्रामा देखिएपछी त्यहाँको माहाेल नै फरक हुन पुग्यो । वहाँ हुनुहुन्थ्यो गुलरिया बर्दिया निवासी अब्दुल सलाम । उनको करिब दुई बर्षको लगातार मिहिनेतपछिको सफलता थियो यो पारामोटरको उडान । यो पारामोटर भने भारत गुजरातका पाइलट निरज हुदाले उडाइरहेका थिए ।

 वि.सं. २०७१ का बाढीमा तराईमा आएको भीषण बाढीको दोस्रो दिन ११ बजे मात्रै हेलिकप्टर आयो । आफै राहत र उद्धारमा खट्दा खटदै यो सोच पलाएर आएको वहाँ बताउनुहुन्छ । यसका लागि पहिले त फ्लाईङ बोट बनाउँछु भन्ने सोचेको थिएँ तर पहिलो चरण फुट लन्चर बनाइसकेको थिएँ । जसलाई दौडेर उडाउनु पर्दथ्यो । तर, यो भने बसेर उडाउन सकिने पारामोटर हो । यो चक्काबाट दौडिन्छ यसलाई ह्वील लन्चर पनि भनिन्छ । अब मैले तेस्रो चरणमा राफ्टिङ सहितको बनाउने सोचमा छु त्यो पानी तथा जमिन दुबैमा ल्याण्डिङ गर्न मिल्नेछ जसलाई बाढी, पहिरो आउँदा तुरुन्तै उद्धार राहत र अनुगमन गर्न प्रयोग गर्न सकिने छ । कोही बाढीमा बगिराखेको अवस्था छ भने पनि तुरुन्तै उद्धार गर्न सकिने हुन्छ । कोही आपतमा परिरहेको छ भने तत्काल उद्दार तथा राहात पुर्याउन सकिने हुन्छ । 

यो बनाउनका लागि घरमा भएका तीनओटा मोटरसाइकल काटेको छु । दुइओटा आरएक्स मोटरसाइकलको इन्जिन निकालेँ र बनाएर पोखरामा सरकारी तथा त्यहाँको क्लबको समन्वयमा उडाएको थिएँ । तीन पाङ्ग्रे बनाउने भनेपछि यस्तो आकारमा बनाएको हुँ । अब हेङ्ग ग्लाइडर फ्लाईङ बोट बनाउने सोच राखेको छु अब्दुल सलाम भन्नुहुन्छ । जुन बाढी पहिरो प्राकृतिक विपत्तिको बेला अनुगमन तथा उद्धारको बेला सहयोग गर्न प्रयोग गर्न सकिन्छ । बाढीमा परेको अवस्थामा डोरी तथा राहत सामग्री फाल्न सकिन्छ । विभिन्न देशमा अनुगमनका लागि प्रयोग गरिएकोले नेपालमा पनि यसको प्रयोगको अत्यन्तै सम्भावना रहेको सलाम बताउनुहुन्छ । 

यसको निर्माण प्रक्रियाका बारेमा भन्दै सलामले यसमा ग्लाइडर एउटा साथीबाट लिएको र  पारामोटर आफ्नै भएको बताउनुभयो । यो सफल भएपछि ग्लाइडर किन्ने बिचार रहेको बताउनुभयो । एउटा ग्लाइडरको मूल्य चार÷पाँच लाख नै पर्ने भएकोले पहिलो पारामोटर सफल भएपछि अब भने किन्ने सोच बनाएको बताउनुभयो । 

बर्दियामा फ्लाइटको हिसाबले दोस्रो फ्लाइट भएको बताउनुहुँदै भविष्यको सवालमा केही पैसा तथा सिप प्रयोग गरेर फ्लाइङ बोट बनाएर रेडक्रस जस्ता संस्थालाई यसको प्रयोग तथा व्यवस्थापनका लागि हस्तान्तरण गर्ने इच्छा छ । नेपालको भौगोलिक संरचनाका लगि अत्यन्तै उपयोगी सावित हुने वहाँ बताउनुहुन्छ । स्वदेशमा नै यस्ता उपकरणहरु बनाएमा हामीलाई निकै सस्तो पर्दछ । यो अझ मेरो होममेड हो । आज हामीले ४१ मिनेटको फ्लाइट गर्यौँ । मेरो यसमा २३ महिना लगातारको मिहिनेत छ । यो मेरा लागि अत्याधुनिक सफलता पनि हो । जुन हिसाबले सफल भयो यो विश्वमै होममेड पारामोटर बनाएर बेचिराखेकाहरुमध्ये १० जनामध्ये मेरो नाम पनि आउँछ भन्ने मलाइ लागेको छ ।

मैले सञ्जालमा यसका तस्वीर तथा भिडियोहरु पोस्ट गर्दा इन्डोनएशिया, टर्की, थाइलेण्ड, मलेशियाबाट निकै सकारात्मक प्रतिकृया आएको छ । मैले यति धेरै मिहिनेत गरेर बनाएको यो चिजलाई अरुले पनि ग्रहण गरेर यसको विकास गरिदिउन र यसलाइ व्यवसायिक मात्रै नभएर देशको लागि केही गर्नु पर्दछ भन्ने सवालमा सहयोग पुगोस भन्ने मेरो चाहना हो । 

विशेष गरी बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपको समयमा अत्यन्तै उपयोगी हुने भएकोले नेपालमा यसको आवश्यकता रहेको कुरा अब्दुल सलाम औंल्याउनुहुँदै बर्दियामा बाढी आउँदा आफू र अाफ्नो टिमले  गरेको राहत तथा उद्धारको कामको पनि स्मरण गर्नुभयो । 

यसको बारेमा औपचारिक अध्ययन नभएपनि व्यवहारिक ज्ञान र अनुभव अनि इन्टरनेटकै सहायताले पारामोटर बनाएको बताउनुभयो । यसको सरसामानहरु नपाउँदा निकै दुःख खेप्नु परेको र पारामोटरको निर्माणमा करिब ८० जनाले काम गरेको बताउनुभयो । 


पारामाेटरको अवलोकनका लागि उपस्थित प्रहरीहरुका साथमा होम मेड मेकानिकल इन्जिनियर अब्दुल सलाम …

बर्दिया गुलरियाका अब्दुल सलामलाई यो कार्यको लागि साझा सबाल परिवार साँच्चिकै सलाम गर्न चाहन्छौँ । उहाँको यो अनुकरणीय र उदाहरणीय कार्यप्रति राज्यको चासो र संरक्षणमा ध्यान जाओस् । 

यस्ता अनुसन्धानात्मक वैज्ञानिक सिप र प्रविधीको काममा लाग्नहरुप्रति सकारात्मक रुपले सोचौँ र देशमा भएका यसप्रकारका मस्तिष्कयुक्त व्यक्तित्वहरुलाई हतोत्साह हैन प्रोत्साहन र खुलेर सम्मान गर्ने परिपाटीको विकास होस् ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ