३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान

२९ आश्विन २०७८, शुक्रबार ०२:०७

असोज २९, इस्लामावाद | एजेन्सी | पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ । 

तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब दिएपछि एयरलाइन्सले हवाई सेवा स्थगित गरेको जनाएको छ । पीआईए अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र एयरलाइन्स हो । 

‘काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले हाम्रो उडानमा बारम्बार ढिलाई हुने गरेको थियो,’ पीआइएका प्रवत्ता अब्दुल्लाह हफेज खानले भने । 


अवस्था सामान्य नहुन्जेल काबुल इस्लामावाद उडान स्थगित गरिने उनले प्रष्ट पारे । उडान सञ्चालनमा तालिवान अधिकारीहरु जहिले पनि असहयोगी बनेको र एकपटक तालिवान लडाकुले पीआईएका कर्मचारीलाई दुव्र्यबहार गरेको पाकिस्तानले आरोप लगाएको छ । यसअघि तालिवानले भाडदर समायोजन नगरे पीआईए र अफगानिस्तानको विमान सेवा काम एयरको उडान अबरोध गर्ने चेतावनी दिएको थियो । 

काबुलदेखि अन्य अन्य अन्तर्राष्ट्रिय उडान बन्द भएपछि इस्लामावादबाट काबुलसम्मको भाडदर एजेन्टले २५ सय डलरसम्ममा बिक्री गरेका थिए । यही १५ अगस्टमा तालिवानले काबुल कक्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’