By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    14 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    4 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    7 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > पाल्पा - PLP > बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान
कृषि गतिबिधीपाल्पा - PLP

बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान

साझासवाल
Last updated: April 10, 2019 11:14 am
साझासवाल
7 Min Read
Share

सुशीला रेग्मी | चैत २७, बेझाड | पाल्पाका अधिकांश स्थानमा चैते धान लगाउने चलन हराइसकेको भए पनि बढ्दो बाँदर आतङ्कका कारण मकैको विकल्पका रुपमा किसानले फेरि यसलाई रोज्न थालेका छन् ।

धेरै कृषक सुख सुविधा भोगी भइसके । कतिपयले भने सिँचाइ, कामदार अभाव जस्ता कारण चैते धानको खेती गर्न छाडिसके । चैते धान लगाउने जमीनमा केही स्थानमा मकै बाली लगाइएको छ भने केही ठाउँमा जमीन बाँझै राखिएको छ । रम्भा गाउँपालिका वडा नं १ हुँगीका कृषक भने यतिखेर मकैको विकल्पमा चैते धानखेती नै गरिरहेका छन् । 

बाँदरले खेतबारीका मकै खाएर सखापै पारेपछि विकल्पका रुपमा चैते धानतर्फ यहाँका कृषकको आकर्षण बढेको हो । कहुँगीको सघाह, स्वर्लेक, असेर्दी, साठी, च्याङ्लिङ्ग, ढाप, सघाको बलौटा बिर्ताका खेतमा केही वर्ष यता बाँदरले मकै बाली खाएर नष्ट पार्न थालेपछि चैते धान विकल्पका रुपमा लगाइएको छ । 

कमकैमा घोगा लागेपछि बाँदरका समूह पसेर एकै पटकमा सत्यनाश पारेर सताउन थालेपछि कृषकहरु चैते धानखेती नै गर्न बाध्य भएको हुँगी सघाहका अगुवा कृषक ऋषिराम अर्यालले बताए । यस क्षेत्रका करिब १०० कृषकले मकैको विकल्पमा चैते धान नै लगाउँदै आएको उनको भनाइ छ । 

‘बाँदरका कारण नै चैते धान लगाउनुपर्ने अवस्था आयो, गाउँका युवा विदेशतिर छन्,’ उनले भने, ‘नलगाऊँ जमीन बाँझै, लगाउँदा कामदार नपाइने समस्या छ । जेनतेनले कृषकले खेती गरिरहेका छन् ।’ उनले जमीन नबाँझियोस् भनेर दुई रोपनी क्षेत्रफलमा यस वर्ष उनले चैते धान रोपिसकेका छन् । चैते धान लगाउन थालेपछि बाँदर धपाउने झण्झट हटेको कृषक सागर रेग्मीले बताए । आठ रोपनी क्षेत्रफलमा चैते धान रोपेका उनले भने, बाँदरले खेतभरि लगाएका मकै खाएर सताएपछि मकै बालीको ठाउँमा चैते धान लगाएको छु ।” 

मकैखेतीको तुलनामा चैते धानखेती गर्न कृषकलाई झण्झट छ । यसले गर्दा पनि हिजोआज जिल्लामा धेरैले चैते धान लगाउन छाडिसकेका छन् । यहाँका कृषकलाई भने चैते धानखेती गर्न छाडेर अरु बाली लगाउनुको विकल्प छैन ।

मकै, तरकारी, फलफूल बाली सबै बाँदरले खाएर नष्ट पार्ने हुँदा कृषक जमीन बाँझो नहोस् भन्नाका निम्ति चैते धान नै लगाउन बाध्य रहेको अर्का कृषक छविलाल डुम्रे बताउँछन् ।

जमीन बाँझो राख्न मनले नमानेपछि आफूले चार रोपनी खेतमा चैते धान रोपिसकेको उनले जानकारी दिए । पानीको रेखदेख र उत्पादन स्याहार्न निकै समस्या हुने कारणले गर्दा चैते धानखेती गर्न छाडेर यहाँका कृषकले मकै बाली लगाउन थालेका थिए तर खेतबाट मकै स्याहार्नै नपर्ने गरी बाँदरले खाएर नष्ट पारेपछि पुनः चैते धानमै कृषक फर्किएका छन् ।

हुँगीमा अहिले करीब ३० प्रतिशत चैते धान रोपाइँ सम्पन्न भइसकेको छ । चैतको १५ देखि वैशाखको १० गतेसम्म यहाँका कृषक चैते धान लगाउन व्यस्त हुन्छन् । 

चैते धानको क्षेत्रफल घट्दै

कृषि ज्ञान केन्द्र पाल्पाको तथ्याङ्कलाई हेर्दा जिल्लामा वर्षेनी चैते धानखेती हुने जमीनको क्षेत्रफल घट्दो क्रममा छ ।  चैते धान लगाउने अधिकांश भूभाग घरघडेरीमा परिणत भइसकेका छन् ।  आजभन्दा एक दशक अगाडि चैत महीना शुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । 

गाउँघरमा पालैपालोसँग धान रोप्ने काममा मेलापात गर्दागर्दै कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो भने अहिले चैते धान रोप्न छाडिएपछि कृषकका दिनहरु फुर्सदिला बनेका छन् । जिल्लाको दोस्रो बालीको रुपमा रहेको धान बालीअन्र्तगत पर्ने चैते धानखेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुँदै गएको छ । 

गाउँ गाउँका युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैते धान लगाउन छाडिएको छ । गाउँघरमा युवा जनशक्ति वैदेशिक रोजगारका निम्ति जाने क्रम बढेपछि कामदारको अभावले गर्दा पनि कृषकले चैते धान लगाउन छाड्दै गएका हुन् । 

सिंँचाइ सुविधा पुगेका स्थानमा कृषकले अनिवार्यजसो चैते धान रोप्ने चलन थियो तर, हिजोआज भने सिँचाइ भएका स्थानमा पनि चैते धान रोप्न छाडिएको छ । अर्कोतर्फ शहरोन्मुख हुँदै गरेका नगरपालिका तथा गाउँपालिकाका विभिन्न गाउँगाउँमा पुगेर जग्गा दलालले खेतीयोग्य भूमि खरीद गरी प्लटिङ्ग गर्न थालेपछि खेती गर्न छाडिएको हो ।

धान खेतीको लागि मुख्य अन्न भण्डार मानिएको माडीफाँटका खेत पहिले पहिले चैते धानले हरियाली हुन्थ्यो तर, अहिले भने यहाँ चैते धानखेती खासै हुँदैन । सिँचाइको सुविधा भएको पूर्वखोला फाँटभरि नै चैते धान रोप्ने र यही धानबाट वर्ष दिनसम्म खान पु¥याउने गरेका कृषकले हिजोआज भने कमै मात्रामा धान रोप्ने गरेको पाइन्छ । 

पूर्वखोला गाउँपालिकाका वडा नं २ जल्पाको लाबे–३ को रिङ्नेरह, ४ को टेवाफाँट लगायतका पाँच हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए । उनका अनुसार यस क्षेत्रमा पाँच प्रतिशत मात्र धान रोपाइँ गर्न बाँकी छ । 

निस्दी गाउँपालिका–१ को डमरा, २ को लिन्दीदेखि तलको भाग, ३ को क्याङ्गरुङ्ग, ४ को लामीदमार, मुढावास, धार्केदमार, ५ को गल्धाफाँट, ७ को ज्यामिरे मोटेखर्क लगायतका क्षेत्रमा कृषकले चैते धान लगाउँदै आएको कृषि शाखा प्रमुख नवराज घिमिरेले बताए । रामपुर नगरपालिकाका विभिन्न खोलाखेतमा फाट्टफुट्ट चैते धान रोप्ने क्रम जारी छ । नगरपालिकाको वडा नं ४ को बडवान क्षेत्रमा भने वर्षेनी चैते धान रोप्ने गरिएको बताउने कृषक बालकुमारी थापाले आफूले दश रोपनी क्षेत्रफलमा चैते धान रोपेको जानकारी दिए ।

शहरोन्मुख बन्दै गरेको रामपुरका विभिन्न स्थानमा जग्गा प्लटिङ्ग भई लाखौँ मूल्य आनामा बिक्री भएका कारणले पनि चैते धानप्रति कृषक अनिच्छुक भएका हुन् । जिल्लामा करिब ७०५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषकले स्थानीय चैते २, चैते ३ र हर्दिनाथ जातको धान लगाउँदै आएका छन् । जिल्लाको माडीफाँट, रामपुर, अर्गली, पूर्वखोला लगायतका स्थानमा चैते धान खेती लगाइँदै आइएकामा अहिले यी स्थानका अधिकाँश जमीनमा धान लगाउनै छाडिएको छ । 

वर्षे धानको तुलनामा चैते धानको चामलको मूल्य बढी पर्ने गरे पनि कामदार अभाव, बिक्रीका लागि टुक्रा पार्ने बढ्दो प्रवृत्ति, सिँचाइको अभाव जस्ता कारणले उत्पादन क्षेत्रफल वर्षेनी घट्दै गएको छ । चैते धान चिउराको प्रयोजनका लागि अत्यन्त राम्रो मानिन्छ । 

वर्षे धानमा भन्दा बढी मेहिनत गर्नुपर्ने, वर्षे धानको ब्याडको तुलनामा चैते धानको ब्याड उतार्न अत्यन्त कठिन हुने, मौसम, तापक्रम राम्रो नभए बीउ नउम्रने जस्ता समस्या पनि रहेको कृषकहरु बताउँछन् ।

गाउँबाट पढाइ र रोजगारको सिलसिलामा युवा जनशक्ति शहरतिर पस्न थालेपछि सिँचाइ सुविधा पुगे पनि खेती गर्न समस्या छ भने केही स्थानमा भने सिँचाइको समस्या कायमै छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने
Next Article श्रम मन्त्रालयको कल सेन्टरमा श्रमिकको जिज्ञासा, तर म्यानपावरले लियो १ लाख १० हजार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

57 years ago
कृषि गतिबिधीबर्दिया - BRD

बर्दियामा फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति

57 years ago
कृषि गतिबिधीसल्यान - SLN

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

57 years ago
काठमाडौँ - KTMकृषि गतिबिधीमहोत्तरी - MHT

महोत्तरीमा यसपालि आँपको उचित मूल्य नपाउँदा किसान निरास

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?