By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सन्तान भएर पनि वृद्धवृद्धा आश्रमको भरोसामा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सन्तान भएर पनि वृद्धवृद्धा आश्रमको भरोसामा
काठमाडौँ - KTMसमाज

सन्तान भएर पनि वृद्धवृद्धा आश्रमको भरोसामा

साझासवाल
Last updated: January 29, 2018 12:01 pm
साझासवाल
5 Min Read
Share

सुशील दर्नाल / माघ १५, काठमाडौँ | जिन्दगीको उत्तरार्धमा सन्तान आफ्नै साथमा रहूँन भन्ने कुन आमाको चाहना हुँदैन र ! आफ्नो ज्यान आफैलाई भारी भएर घुडाले बूढो शरीर धान्न नसकेको बेला घर, परिवार, छोराछोरी र आफन्तजनको सहारा हरेक वृद्धवृद्धाले खोज्छन् र यो स्वाभाविक हो । 

सन्तान भएर पनि बूढेसकालमा एक्लो जिन्दगी जिउनु पर्दा साह्रै विरक्त लाग्दो रहेछ मानव सेवा आश्रममा आश्रय लिइरहकी ९० वर्षीया रमा थापालाई । बाबुको मृत्युपछि दुई भाइ छोराले भएको सबै सम्पत्ति कुम्ल्याए र आमालाई सडकमा बेवारिसे छाडे । बूढेसकालमा आफ्नै छोराको आँखाको कसिङ्गर भएपछि उनी आश्रमको आड लागेको पनि आज सात महिना बितिसक्यो । अहिलेसम्म कुनै आफन्त पनि खोज्न आएका छैनन् । 

बूढेसकालमा पाल्ने एकमात्र छोराले सडकमै छाडेपछि टोखास्थित पवित्र समाज सेवा नेपालमा आश्रित हुनुपरेको छ ६० वर्षीया सुन्तली आमालाई । तीन भाइ छोरा भएर पनि काठमाडौँका सडकमा मगन्ते जीवन जीउन बाध्य छिन् उमेरले ७० काटेकी चितवनकी प्रीति खड्का । आफूले मागेर जीवन गुजारा गर्नुपरे पनि ती छोराको मायाले भने पिरोलिरहन्छ प्रीतिलाई । 

यी प्रतिनिधि आमाहरु मात्रै हुन् । डाँडामाथिका घाम बनेका यी वृद्धाहरु सन्तान भएर पनि वृद्धाश्रममा जेनतेन जीवन धानिरहेका छन् । छोराछोरीको गतिलै आय भए पनि वृद्धाश्रम भरोसामा बाँच्नुपर्ने बाबुहरु पनि उत्तिकै छन् । एकातिर सन्तान भएर पनि आश्रममा एकाँकी जीवन जीउनुपर्ने पीडा अर्कातिर शारीरिक दुर्बलता र उदासीनता । 

वृद्धाश्रममा बस्ने अधिकांश वृद्धवृद्धामध्ये धेरैका छोराबुहारी अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका मुलुकमा राम्रै पेशा व्यवसाय गर्छन् । कतिपय त राजनीतिक दलका नेता तथा व्यापारीसमेत छन् । तर पनि आफ्ना आमाबाबुलाई वृद्धाश्रममा लगेर थन्काएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव छत्रबहादुर प्रधानले सम्पत्तिका कारण वृद्धवृद्धा बूढेसकालमा आफ्ना सन्तानबाट एक्लिनु परेको तर्क गर्नुहुन्छ । नयाँ पुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान्, श्रीमती, छोरा÷छोरी) को संरचनाभित्र जन्मदाता बाबुआमा नअटाएको देखिन्छ । 

महासंघले पटकपटक अनुनयविनय गर्दा पनि ज्येष्ठ नागरिकको समस्या सरकारको प्राथमिकतामा नपरेको महासचिव प्रधानको गुनासो छ । ज्येष्ठ नागरिक अधिकारकर्मी सीताराम ढकाल ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवको सदुपयोग हुनुपर्नेमा जोड दिनुहुन्छ । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिए पनि त्यो अहिलेसम्म पूर्ण रुपमा कार्यान्वयन आउन सकेको छैन । ऐन कार्यान्वयन गर्नुपर्ने माग गर्दै अग्रज समाज नेपालको नेतृत्वमा ज्येष्ठ नागरिकले विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि निरन्तर धर्नासमेत दिँदै आएका छन् । 

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुली बजार भाउ र महँगीलाई ध्यानमा राखेर ज्येष्ठ नागरिकले पाउँदै भएको वृद्धाभत्ता कम्तीमा रु पाँच हजार पुर्याउनुपर्ने बताउनुहुन्छ । विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ । 

ज्येष्ठ नागरिक (दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी) र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने पछिल्लो पटक गरिएको छ । विगतदेखि नै नागरिकता नभएका कारण वृद्धाश्रमको आश्रय लिने कतिपय ज्येष्ठ नागरिक यस्तो सुविधाबाट वञ्चित हुँदै आएका छन् । 

ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ अनुसार ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्नेभन्दा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले खासै नयाँ काम गरेको देखिँदैन । छोराछोरीलाई आफ्ना बाबुआमाप्रति उत्तरदायी बनाउँदै बाबुआमालाई घरभित्रै स्याहारेर राख्ने परिपाटी पुनःस्थापना गर्न सबैभन्दा पहिला घरघरमा नैतिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ महासचिव प्रधान । 

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात कूल जनसंख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष पुगेका ज्येष्ठ नागरिक करिब ८० करोड रहेको अनुमान छ । यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान गरिएको छ । 

विसं २०३३ मा पशुपति पञ्चदेवल समाज कल्याण केन्द्र (हालको पशुपति वृद्धाश्रम) स्थापना गर्न नहुने टिप्पणी त्यतिखेर गरिए पनि अहिले देशैभरि करिब ८० वृद्धाश्रम रहेका छन् । पछिल्लो समयमा संयुक्त परिवारभन्दा पनि एकल परिवारको संस्कृति मौलाउन पुग्दा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी गरिएको संवैधानिक व्यवस्था जतिसक्दो चाँडो ऐन÷कानून तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । 

अधिकारका लागि पाँच वर्षदेखि धर्नामा बस्दै आइरहेका वृद्धवृद्धाले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने मागलाई कानूनमै उतार्न सकिए साँचो अर्थमा बूढाबूढीप्रति न्याय गरिएको ठहर्ने छ ।रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article कुवेतबाट बिचल्लीमा परेका २० जना कामदारहरु नेपाल फिर्ता
Next Article ऐन र अनुशासनको परिधिमा बस्न सचिवको निर्देशन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

चितवनमा ३९ जनाले लिए अङ्गीकृत नागरिकता

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

राष्ट्रिय शहीद तथा शान्ति पार्कको काम अलपत्र छोड्नेलाई कानूनी कारवाही गरिने

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिशेष खबरबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

उँभौली पर्व मनाइँदै

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

भोलिदेखि भिजिट भिसामा विदेश जान अनिश्चितकालिन रोक, कुन-कुन देश जान पाइंदैन ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?