२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्तान भएर पनि वृद्धवृद्धा आश्रमको भरोसामा

१५ माघ २०७४, सोमबार १२:०१

सुशील दर्नाल / माघ १५, काठमाडौँ | जिन्दगीको उत्तरार्धमा सन्तान आफ्नै साथमा रहूँन भन्ने कुन आमाको चाहना हुँदैन र ! आफ्नो ज्यान आफैलाई भारी भएर घुडाले बूढो शरीर धान्न नसकेको बेला घर, परिवार, छोराछोरी र आफन्तजनको सहारा हरेक वृद्धवृद्धाले खोज्छन् र यो स्वाभाविक हो । 

सन्तान भएर पनि बूढेसकालमा एक्लो जिन्दगी जिउनु पर्दा साह्रै विरक्त लाग्दो रहेछ मानव सेवा आश्रममा आश्रय लिइरहकी ९० वर्षीया रमा थापालाई । बाबुको मृत्युपछि दुई भाइ छोराले भएको सबै सम्पत्ति कुम्ल्याए र आमालाई सडकमा बेवारिसे छाडे । बूढेसकालमा आफ्नै छोराको आँखाको कसिङ्गर भएपछि उनी आश्रमको आड लागेको पनि आज सात महिना बितिसक्यो । अहिलेसम्म कुनै आफन्त पनि खोज्न आएका छैनन् । 

बूढेसकालमा पाल्ने एकमात्र छोराले सडकमै छाडेपछि टोखास्थित पवित्र समाज सेवा नेपालमा आश्रित हुनुपरेको छ ६० वर्षीया सुन्तली आमालाई । तीन भाइ छोरा भएर पनि काठमाडौँका सडकमा मगन्ते जीवन जीउन बाध्य छिन् उमेरले ७० काटेकी चितवनकी प्रीति खड्का । आफूले मागेर जीवन गुजारा गर्नुपरे पनि ती छोराको मायाले भने पिरोलिरहन्छ प्रीतिलाई । 

यी प्रतिनिधि आमाहरु मात्रै हुन् । डाँडामाथिका घाम बनेका यी वृद्धाहरु सन्तान भएर पनि वृद्धाश्रममा जेनतेन जीवन धानिरहेका छन् । छोराछोरीको गतिलै आय भए पनि वृद्धाश्रम भरोसामा बाँच्नुपर्ने बाबुहरु पनि उत्तिकै छन् । एकातिर सन्तान भएर पनि आश्रममा एकाँकी जीवन जीउनुपर्ने पीडा अर्कातिर शारीरिक दुर्बलता र उदासीनता । 

वृद्धाश्रममा बस्ने अधिकांश वृद्धवृद्धामध्ये धेरैका छोराबुहारी अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका मुलुकमा राम्रै पेशा व्यवसाय गर्छन् । कतिपय त राजनीतिक दलका नेता तथा व्यापारीसमेत छन् । तर पनि आफ्ना आमाबाबुलाई वृद्धाश्रममा लगेर थन्काएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव छत्रबहादुर प्रधानले सम्पत्तिका कारण वृद्धवृद्धा बूढेसकालमा आफ्ना सन्तानबाट एक्लिनु परेको तर्क गर्नुहुन्छ । नयाँ पुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान्, श्रीमती, छोरा÷छोरी) को संरचनाभित्र जन्मदाता बाबुआमा नअटाएको देखिन्छ । 

महासंघले पटकपटक अनुनयविनय गर्दा पनि ज्येष्ठ नागरिकको समस्या सरकारको प्राथमिकतामा नपरेको महासचिव प्रधानको गुनासो छ । ज्येष्ठ नागरिक अधिकारकर्मी सीताराम ढकाल ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवको सदुपयोग हुनुपर्नेमा जोड दिनुहुन्छ । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिए पनि त्यो अहिलेसम्म पूर्ण रुपमा कार्यान्वयन आउन सकेको छैन । ऐन कार्यान्वयन गर्नुपर्ने माग गर्दै अग्रज समाज नेपालको नेतृत्वमा ज्येष्ठ नागरिकले विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि निरन्तर धर्नासमेत दिँदै आएका छन् । 

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुली बजार भाउ र महँगीलाई ध्यानमा राखेर ज्येष्ठ नागरिकले पाउँदै भएको वृद्धाभत्ता कम्तीमा रु पाँच हजार पुर्याउनुपर्ने बताउनुहुन्छ । विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ । 

ज्येष्ठ नागरिक (दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी) र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने पछिल्लो पटक गरिएको छ । विगतदेखि नै नागरिकता नभएका कारण वृद्धाश्रमको आश्रय लिने कतिपय ज्येष्ठ नागरिक यस्तो सुविधाबाट वञ्चित हुँदै आएका छन् । 

ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ अनुसार ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्नेभन्दा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले खासै नयाँ काम गरेको देखिँदैन । छोराछोरीलाई आफ्ना बाबुआमाप्रति उत्तरदायी बनाउँदै बाबुआमालाई घरभित्रै स्याहारेर राख्ने परिपाटी पुनःस्थापना गर्न सबैभन्दा पहिला घरघरमा नैतिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ महासचिव प्रधान । 

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात कूल जनसंख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष पुगेका ज्येष्ठ नागरिक करिब ८० करोड रहेको अनुमान छ । यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान गरिएको छ । 

विसं २०३३ मा पशुपति पञ्चदेवल समाज कल्याण केन्द्र (हालको पशुपति वृद्धाश्रम) स्थापना गर्न नहुने टिप्पणी त्यतिखेर गरिए पनि अहिले देशैभरि करिब ८० वृद्धाश्रम रहेका छन् । पछिल्लो समयमा संयुक्त परिवारभन्दा पनि एकल परिवारको संस्कृति मौलाउन पुग्दा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी गरिएको संवैधानिक व्यवस्था जतिसक्दो चाँडो ऐन÷कानून तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । 

अधिकारका लागि पाँच वर्षदेखि धर्नामा बस्दै आइरहेका वृद्धवृद्धाले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने मागलाई कानूनमै उतार्न सकिए साँचो अर्थमा बूढाबूढीप्रति न्याय गरिएको ठहर्ने छ ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ