२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय शहीद तथा शान्ति पार्कको काम अलपत्र छोड्नेलाई कानूनी कारवाही गरिने

२०७५, २२ मंसिर शनिबार १७:३५

मङ्सिर २२, काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्माणाधीन स्मारकको आज अवलोकन भ्रमणपछि उहाँले जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याइ काम गराउने बताए ।

गृहमन्त्री थापाले स्वीकृत गुरुयोजनाले निर्दिष्ट गरेका कार्यमध्ये शहीदको अभिलेख सङ्कलन गर्न, शहीद स्तम्भमा विभिन्न कालखण्डका आन्दोलनमा सहादत प्राप्त गरी सरकारले घोषणा गरेका शहीदको नाम उल्लेख गर्नका लागि सहयोग गर्ने बताए ।

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले शहीद सङ्ग्रहालयमा शहीद तथा वीर योद्धा घाइतेसम्बन्धी अभिलेख उतार गरी राख्नुपर्ने विषयमा गृह मन्त्रालयमार्फत सामग्री उपलब्ध गराउन अनुरोध गर्दै स्मारक निर्माणमा निर्माण व्यवसायी ढिलाइ गरेकाले त्यसलाई कानूनी दायराभित्र ल्याएर थपिएको समय सीमाभित्र सम्पन्न गराउन सरकारसँग माग गरे ।

विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले गोकर्णमा राष्ट्रिय शहीद स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत विस्तृत परियोजना प्रस्ताव तयार भई यसको निर्माणका लागि विसं २०६८ देखि चार वटा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो ।

यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण भइरहेको स्मारकको ठेक्का पाउने निर्माण कम्पनीमा डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा, कालिकास्थान, सूर्य–आरबी–जनपथ जेभी जोरपाटी, चक्रेश्वरी–सूर्य–जीवन जेभी छन् । विसं २०७२ मै काम सक्नुपर्ने निर्माण व्यवसायीले अझै काम नसक्दा शहीदका निर्माण भइरहेको स्मारक अलपत्र बनेको छ ।

गत आर्थिक वर्षमै शान्ति मन्त्रालय खारेज भएपछि यो वर्ष स्मारकका लागि बजेटसमेत छुट्याइएको छैन । लामो कसरतपछि शहरी विकास मन्त्रालयअन्तर्गत स्मारक निर्माण हुने निर्णय भएको छ । तर अझै बजेटको व्यवस्था नभएको स्मारकले जनाएको छ ।

कूल रु ४६ करोड ७१ लाख लागतमा निर्माण हुने स्मारकमा रु २७ करोड खर्च भइसकेको छ । हालसम्म ७० प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको अध्यक्ष सिग्देलले जानकारी दिए ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी