2026-10-16 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि भिजिट भिसामा विदेश जान अनिश्चितकालिन रोक, कुन-कुन देश जान पाइंदैन ?

माघ ९, काठमाडौँ ।रोजगारको प्रलोभनमा भिजिट भिसामार्फत विशेष गरि युएई सहित खाडी तथा मलेसिया पुगेर नेपालीहरु अलपत्र पर्ने गरेका छन् । यसरी विदेश जाँदा एयरपोर्टका कर्मचारीहरुको सेटिङ चल्ने कुरा निरन्तर आईरहेकै बेला कोरोना महामारीको कारण देखाई नेपाल सरकारले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउंदै छ । 

गृह मन्त्रालयबाट जारी बिज्ञप्ति अनुसार ‘अर्काे निर्णय नभएसम्मका लागि’ १० माघदेखि लागू हुने गरी मलेसिया र खाडीका सात मुलुकलगायत १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय हो । यो निर्णय भिजिट भिसामा रोजगारको प्रलोभन देखाई विदेश पठाउनेहरु र एयरपोर्टमा सेटिङको धन्दा गर्दै आएका कर्मचारीको टाउको दुखाई बनेको छ । तर अत्यावश्यक कामले ती देश जानेहरु भने प्रभावित हुने भएका छन् । 

गृह मन्त्रालयका अधिकारीहरुले भने भिजिट भिसामा काम गर्न जाने प्रवृत्ति रोक्न यस्तो निर्णय गरेको जनाएका छन् । भिजिट भिसामा गएर अलपत्र परेको तथा उद्दार गरिदिन भन्दै सरकारलाई गुहार गर्नेहरुको संख्या बढेको अवस्थामा सरकारले भिजिट भिसा बन्द गराउनु परेको बाध्यता बताएको छ । 

वैदेशिक रोजगारको प्रलोभनमा विदेश जाने क्रममा सबैभन्दा बढी युएई गएर अलपत्र पर्नेहरु धेरै छन् । यस गिरोहमा केहि मेनपावरहरुनै संलग्न रहेको जानकारी प्राप्त भएको छ । अध्यागमन विभागले दिएको तथ्यांकअनुसार भिजिट भिसामा गएकाहरु मध्ये कयौं नेपालीहरु समयमै नेपाल फिर्ता भएका छैनन् । उनीहरु भिजिटमा गई उतै बसेको अध्यागमनको अनुमान छ । त्यसो त एजेन्टहरुले विदेश ल्याई अलपत्र पारेको भन्दै धेरै युवाहरुले हार गुहार गरेको समाचारहरुले पनि नेपालीहरु घुम्न वा व्यवसायकै शिलशिलामा मात्र भिजिटमा जान्छन् भन्ने छैन । 

सरकारको निर्णयअनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडीनजिकका एसियाली राष्ट्र साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की, यमनमा अब भिजिट भिसामा नेपाली जान पाउने छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु