2026-06-28 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

2018-12-21

 पुस ६, काठमान्डौ  (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो । दश खेल खेलेको मछिन्द्रले लिगमा शीर्ष तीन अङ्क जोडेको यो पहिलो पटक हो । 

मछिन्द्रको जीतमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एकएक गोल गरे । 

त्यस्तै खेलमा शुरुआती अग्रता भने सरस्वतीले लियो । खेलको चौथो मिनेटमा मछिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्माघाती गोल गरे । 

त्यस्तै खेलको पहिलो हाफको १६औँ मिनेटमा मछिन्द्र विशालले एक गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका विदेशी खेलाडी डियामान्डेले एक गोल थप्दै खेललाई २–१ को अग्रता ल्याए । 

त्यसैगरी खेलको २५औँ मिनेटमा मछिन्द्रका अनिलले एक गोल थपे । त्यसपछि खेलको ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओनेयामाले एक गोल थप्दै खेललाई ३– २ को स्थितिमा ल्याए । 

खेलको पहिलो हाफमा ३–२ ले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा विकासले पेनाल्टीमार्फत एक गोल गरेपछि मछिन्द्रले ४–२ को सहज जीत हात पायो । 

खेलमा ‘म्यान अफ दी म्याच’ मछिन्द्रका कप्तान विशाल राई घोषित भए । यस जीतसँगै मछिन्द्र १० खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको सरस्वती १० अङ्कका साथ नवौँ स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी