2026-10-16 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । 

जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोजगार बनाउनका साथै स्वदेशी लत्ताकपडा उत्पादन बढाउने र स्वदेशमै खपत गर्नका लागि उक्त संस्था सञ्चालनमा ल्याइएको हो । करीब रु एक करोडको लगानीमा सातजना युवा मिलेर उद्योगको स्थापना गरिएको छ । 

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले उत्पादनशील क्षेत्रमा गरिने लगानीले स्वदेशमा बेरोजगारी समस्या न्यूनीकरण गर्ने र राष्ट्रिय उत्पादनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो । उहाँले युवावर्गले स्वदेशमै केही गर्ने लक्ष्य राखेर गरेको उद्यमशीलताको सराहना गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सोही वडाका अध्यक्ष ईश्वरमान डङ्गोलले स्थानीय तहले पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो । 

प्रालिका अध्यक्ष विजय श्रेष्ठले आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनीकरण गर्नका लागि अब युवा वर्गले साना तथा मझौला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु