२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता

२०७५, ६ पुष शुक्रबार १०:०९

पुस ६, काठमान्डौ  (रासस) |  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । 

स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न शुरु गरिएको मन्त्रालयले जनाएको छ । 

वर्षेनी रु ९० अर्बभन्दा माथिको विद्युतीय सामग्रीको आयात हुने गर्दछ । कूल खपतको पाँच प्रतिशत मात्र स्वदेशी उद्योगबाट उत्पादित सामग्रीले माग पूरा गर्ने गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युतीय व्यवसायी महासङ्घद्वारा आयोजित ‘निक इलेक्ट्रो टेक २०१८’ शुभारम्भ गर्दै आर्थिक समृद्धिको आधार ऊर्जा विकास नै रहेकामा जोड दिनुभयो । 

उहाँले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगलाई पहिलो प्राथमिकता दिने नीतिलाई कार्यान्वयन गरिएको जानकारी दिनुभयो । 

विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् । यही पुस १० गतेसम्म जारी रहने प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि ऊर्जा, पर्यटन र कृषिमा राज्यको लगानी बढाउन सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति सरकारको हुनुपर्छ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ