पत्रपत्रिकाबाट |


महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

Posted on October 20, 2019 | views : 1837 |

कात्तिक ३, काठमाडौँ | संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।  आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपा

Read More

हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

Posted on October 20, 2019 | views : 1908 |

कात्तिक ३, काठमाडौँ | बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ।   सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौरवको आयोजनाको रुपमा अगाडि सारे

Read More

ओलीबाट प्रचण्डलाई 'धोका'

Posted on October 20, 2019 | views : 1944 |

कात्तिक ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन् ।  पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् । दा

Read More

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

Posted on October 19, 2019 | views : 2692 |

कात्तिक २, काठमाडौँ | रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए । ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अह

Read More

नेपाल एसियामै पहिलो

Posted on October 17, 2019 | views : 1958 |

असोज ३०, काठमाडौँ | पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुस

Read More

सावधान ! ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने

Posted on October 17, 2019 | views : 1796 |

असोज ३०, काठमाडौँ | औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।  यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्य र

Read More

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

Posted on October 16, 2019 | views : 2048 |

असोज २९, काठमाडौँ | पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि स

Read More

पहिलो पटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान

Posted on October 16, 2019 | views : 1558 |

असोज २९, काठमाडौँ | लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो ।  आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ । आयोगले खुलातर्फ झ

Read More

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

Posted on October 14, 2019 | views : 1952 |

असोज २७, काठमाडौँ | पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ ।  इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता ग

Read More

केरुङ–काठमाडौँ रेल आउँछ : सी

Posted on October 14, 2019 | views : 1602 |

असोज २७, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् ।  उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओ

Read More

यी हुन् अपराधका आरोपित ‘माननीयहरु’

Posted on October 14, 2019 | views : 1898 |

असोज २७, काठमाडौँ | हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा नेता सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्

Read More

ऐन कानुन मिचेर स्थानीय सरकारको करोडौँ खर्च

Posted on October 14, 2019 | views : 1828 |

असोज २७, सप्तरी | सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ , आर्थिक कार्यविधि ऐन २०५५, सार्वजनिक खरिद ऐन, स्थानीय सरकारका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले ल्याएको ऐन लत्याउँदै यहा

Read More

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने

Posted on October 13, 2019 | views : 1917 |

असोज २६, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।  उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार

Read More

सी भ्रमण सुरक्षाको लागि जनमुक्ति सेना पनि !

Posted on October 12, 2019 | views : 1489 |

असोज २५, काठमाडौँ | चिनिया राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको सुरक्षा तयारी पूरा भएको छ । नेपालका चार वटै सुरक्षा निकाय र चिनिया जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्नेछन् ।  राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विम

Read More

शाही आक्रमण गर्नेको खोजी गर्न कठीन

Posted on September 30, 2019 | views : 2289 |

असोज १३, भरतपुर | भ्रष्टाचार विरोधी अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरको चौबिसकोठीमा राखिएको सिसि क्यामेराले काम नगर्दा शाहीमाथि आक्रमण गर्ने समूह पत्ता लगाउन कठिनाइ भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मलले

Read More

नवलपरासीका चौधरीले जिते एक करोड

Posted on September 30, 2019 | views : 14102 |

असोज १३, काठमाडौँ | एक करोड रुपयाँ जितेको सुनाउदै कान्तिपुरबाट फोनमा बधाई आउँदा नवलपरासीको सुनवल–१२ का अनिल चौधरीलाई पत्यार लागेन । बधाई दिने साथीभाइ, आफन्तजनको फोन बाक्लै आउन थालेपछि भने कान्तिपुर करोडपति सिजन–३ अन्तर्गत एक करोड रुपैया आफूले हात पारको उनलाई विश्वास लाग्यो। ‘पुरस्कार नै पाइन्छ भनेर

Read More

थाहा नै नपाई २० देखि ४० बर्षका युवापुस्तामा मुटु रोगले सताउदै

Posted on September 30, 2019 | views : 2254 |

असोज १३, काठमाडौँ | एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो । उनलाई हृदयाघात के हो भन्ने थाहै थिएन ।  अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ । डा. भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्र

Read More

दशैंमाथि ‘कालो बादल’

Posted on September 30, 2019 | views : 2728 |

असोज १३, काठमाडौँ | निरन्तर रूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ । यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ । मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ।  विज्ञहरू भन्छन्– ‘विजया दशमीम

Read More

नेपाल टेलिकमको फोरजी सेवा अब २६ सहरमा

Posted on September 30, 2019 | views : 1952 |

असोज १३, काठमाडौँ | नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।  ‘परीक्षणका धेरै काम सफल भ

Read More

प्रहरीमा ३५ सय जनाको दरबन्दी थपियो

Posted on September 30, 2019 | views : 2253 |

असोज १३, काठमाडौँ | सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ। गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो। सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ। सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर

Read More

नेपालद्वारा अस्ट्रेलिया र युएईसँग हवाई सेवा सम्झौता

Posted on September 29, 2019 | views : 2029 |

असोज १२, काठमाडौँ | नेपाल र अस्ट्रेलियाबीच सोमबार एयर सर्भिस एग्रिमेन्ट(हवाई सम्झौता) हुँदैछ ।  क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयान संगठन(आइकाओ)को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् ।  दुवै मुलुकबीच साताको कति संख्यामा उडान हुने

Read More

यसै बर्ष काठमाडौँमा नौवटा सुविधासम्पन्न पार्क बन्दै

Posted on September 29, 2019 | views : 1739 |

असोज १२, काठमाडौँ | काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै बर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक/एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका हुन् । उपत्यका वरिपरिका नौवटा नगरप

Read More

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती

Posted on September 29, 2019 | views : 1935 |

असोज १२, काठमाडौँ | नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको

Read More

कुरा नमिल्दा नेकपाको एकता प्रक्रिया रोकियो

Posted on September 29, 2019 | views : 1732 |

असोज १२, काठमाडौँ | सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मि

Read More