२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाही आक्रमण गर्नेको खोजी गर्न कठीन

२०७६, १३ आश्विन सोमबार ०२:४५

असोज १३, भरतपुर | भ्रष्टाचार विरोधी अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरको चौबिसकोठीमा राखिएको सिसि क्यामेराले काम नगर्दा शाहीमाथि आक्रमण गर्ने समूह पत्ता लगाउन कठिनाइ भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मलले बताए । 

‘चौबिसकोठीमा राखिएको सीसी क्यामेरामा ४/५ जनाको अस्पष्ट अनुहार देखिएको छ,’ मल्ले भने, ‘यिनै व्यक्ति हुन् भनी किटान गर्न सकिने दृश्य देखिएन ।’ शनिबार ३ बजेतिर चौबिसकोठीको होटल ग्लोबलबाट बाहिरिन लागेको माइक्रो बसलाई रोकी शाहीसहित उनका साथीहरूलाई आक्रमण भएको थियो । आक्रमणमा संलग्न रहेको भन्दै पक्राउ परका एक जना शनिबार राति नै छुटेका छन् ।

पक्राउ परका व्यक्ति घटनामा संलग्न नभई घटना भएको समयमा उपस्थित भई हेर्नेमध्येकै रहेकाले छोडिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण