२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका चौधरीले जिते एक करोड

२०७६, १३ आश्विन सोमबार ०२:३६

असोज १३, काठमाडौँ | एक करोड रुपयाँ जितेको सुनाउदै कान्तिपुरबाट फोनमा बधाई आउँदा नवलपरासीको सुनवल–१२ का अनिल चौधरीलाई पत्यार लागेन । बधाई दिने साथीभाइ, आफन्तजनको फोन बाक्लै आउन थालेपछि भने कान्तिपुर करोडपति सिजन–३ अन्तर्गत एक करोड रुपैया आफूले हात पारको उनलाई विश्वास लाग्यो।

‘पुरस्कार नै पाइन्छ भनेर ग्राहक बनेको थिइन, देशविदेशका समाचार पढ्न ग्राहक बन्दा पनि यति ठूलो पुरस्कार पाइदोरहेछ,’ २१ वर्षीय अनिलले टेलिफोनमा भने । आइतबार साँझ पौने ६ बजे एक करोड जितेको खबर थाहा पाउँदा अनिल सुनवलको भुमही चोकस्थित ‘चौधरी फ्रेस हाउस एन्ड किराना पसल’ मा मासु बेच्दै थिए । काठमाडौं सुन्धारास्थित सिभिल मलमा एक करोडका लागि गोला प्रथा गरिदा अनिलका नाममा रहेको रसिद नम्बर ८५६३९ निस्किएको थियो ।

कलाकार हरिवंश आचार्यले रसिद निकाल्दै पुरस्कार राम्रो ठाउँमा सदुपयोग हुने अपेक्षा सहित विजेतालाई बधाई दिए । १० वर्षदेखि कान्तिपुरको ग्राहक रहेको चौधरी परिवारमा एक करोड पाएसंगै खुसियाली छाएको छ । अनिल कान्तिपुर क्षेत्रीय कार्यालय भरतपुर अन्तर्गत ग्राहक बनेका थिए । उनका बुबा गयाले प्राप्त रकम व्यवसायमै लगानी गर्ने बताए । 

- आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते