By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
3 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
4 hours ago
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
5 hours ago
मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
5 hours ago
शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
6 hours ago
मन्त्रिपरिषद्को बैठक बस्दै
11 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
11 hours ago
सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
1 day ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
1 day ago
४१.१७ अंकले बढ्याे सेयर बजार
2 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: हाम्रा हजुर बुवा, आमा किन शिक्षक बनेनन् होला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > हाम्रा हजुर बुवा, आमा किन शिक्षक बनेनन् होला ?
पर्बत - PBTलेख

हाम्रा हजुर बुवा, आमा किन शिक्षक बनेनन् होला ?

साझासवाल
Last updated: September 29, 2016 5:24 am
साझासवाल
10 Min Read
Share

-राजु विक
शोक न चिन्ता भोक न भकारीको उमेर हो बाला जीवन । कहिले काही ती बाला जीवनका झिनामसिना घटनाहरुको सम्झनाले मनलाई आनन्दित तुल्याउँछन् । सम्झिदा त आनन्द लाग्ने ती दिन भोग्दा कस्ता थिए होला शब्दमा वर्णन गर्न सकिन्न ।
बाल उमेर नै सुखी हुने उमेर हो । तर ती सुखका दिन विपनाले चपाएका सपना जस्तै कहाँ छोडियो ? कसरी छोडियो पत्तै पाइएन । तर अहिले भने सम्झना मात्रै बोकेर बाँचिएको छ ।
आफ्नो काखका, आँखाका बालबालिकाहरुलाई यसो हेर्दा तिनीहरु बालक हुन र छन् जस्तो लाग्दैन ।

तिनीहरु जन्मजात प्रौढ भएर आए जस्तो लाग्छ । तिनीहरुमा भारी भारी जिम्मेदारी भए जस्तो लाग्छ । तिनीहरुको आकाश साँघुरो भएर थिचिरहे जस्तो लाग्छ । तिनीहरुका घाम र जुन सिसाभित्र कतै कैद छन् कि जस्तो लाग्छ । मतलव तिनीहरुले घाम र जुन उदाएको र अस्ताएको देखेका छैनन् । न त तिनीहरुले बगैचा देखेका छन् । न त पुतलीहरु नै । कहिलेकाही सङ्ग्रहलाय र प्रयोगशालामा जाँदा पिनमा उनेर राखेका पुतली देख्दा अचम्म मान्छन् ।

उत्सवहरुमा जाँदा कृतिम फुलका गुच्छाहरु देख्दा रमाइलो मान्छन् । तिनीहरुले नदी पनि देखेका छैनन् । नदीको किनारामा बगर छ । कहिलेकाही बाढीमा यो बगर पनि सागर हुन्छ भन्ने कुरा उनीहरुलाई थाहा छैन । नदीका    धेरै रुप छन् । यसले धेरै सजिला असजिला बाटा र पाटाहरु पार गरेर आएको हुन्छ भन्ने पनि उनीहरुलाई थाहा छैन । भोग्दै जाँदा जीवन पनि नदी झैँ बनिदिन्छ भन्ने तथ्यलाई बुझ्न उनीहरुलाई लामो समय लाग्ने छ ।

उनीहरुले दिन, बार, महिना र वर्षका नामहरु घोकेका छन् । यसकै आधारमा आफ्नो जन्म दिन मनाउँछन् । बत्ती निभाउँछन् । केक काट्छन् । शुभकामना आदानप्रदान गर्छन । तर पनि उनीहरुले हरेक दिनका रुप देखेका छैनन् । घाम, पानी, बादल, आँधीहुरी, अँधेरी र उजेलीले उनीहरुको उर्वर फाँटलाई भिजाएको छैन । सेकताप गरेको छैन । त्यसैले उनीहरु पत्थर जस्तै छन् । थाहा छैन, कसैले देवता बनाएर मन्दिरमा सजाउन पनि सक्छ र पत्थर भनेर बाटोमा बिछाउन पनि सक्छ ।

हरेक महिना आआफ्नै रुप लिएर आउँछन् भन्ने उनीहरुलाई थाहा छैन ।हरेक महिनाका आँसु र हाँसो उनीहरुले देखेका छैनन् । हरेक महिनालाई साथी बनाएर लुकामारी खेल्न पाएका छैनन् । न अँगालेका छन् एक गुडियाका भाँती उसलाई । न सँगालेका छन् टालाटुलीका नाना चाचा झैँ उसलाई ।

बरु उनीहरुका निम्ति हरेक महिनाको अन्त्य र आगमन आगो जस्तै पोल्ने र हिउँ जस्तै चिस्याउने भएर आउँछ । किनकि हरेक महिनाको अन्तिम दिन उनीहरुको हातमा स्कुलको बिल पर्छ र हरेक महिनाको शुरु दिन बाबाआमाको ऋण र गाली पर्छ ।

हरेक पल्टका नववर्ष मनाउदा पहिलो वर्षको सतगत उनीहरुले आफ्नै हातले भित्ताको क्यालेण्डर फेरेर गर्छन् । क्यालेण्डरका दुई तिन थरीका गते घोक्छन् र त्यसैका आधारमा दुई तिन पल्ट नववर्ष मनाउँछन् । हरेक नववर्षमा एक थपिदै गएको छ भन्ने तथ्यलाई उनीहरुले राम्रोसँग बुझ्छन् । जुन हरेक दिनको होमओर्क डायरीमा थपिएको गते, बार र होमओर्क जस्तै पट्यारिलो, चट्यारिलो र कोक्याउँदो स्वादको मान्छन् उनीहरु । हरेक वर्षमा बढ्दै गएको कक्षा, मोटाउँदै गएका पुस्तक र थपिदै गएका दबाबले उनीहरुलाई बाँच्न भन्दा मर्न धेरै सजिलो भए जस्तो लागेको हुन्छ । जो कसैलाई बताउने हिम्मत उनीहरुमा छैन ।

सोच्छन्, कुनै दिन उनीहरु बाआमाका धेरै प्यारा थिए । आज उनीहरु नै घोचिला र पेचिला   बनिरहेछन् । अहिले उनीहरुको मुखबाट कोखाई बाबा को खाई ? आउँदैन । चुनान बाबा चुनान आउँदैन । उनीहरु पहरा बसिरहेछन् र भनिरहेछन् ( “यो नखा । त्यो नखा । उठ । अहिल्यै नसुत । धेरै नसुत । धेरै नबोल । धेरै नचल । धेरै नडुल । धेरै नहेर ।     धेरै नला ।…………. पढ्ने मान्छेले पनि यसो गर्छन् । पढ्ने मान्छे पनि यस्तो हुन्छन् । पढ्ने मान्छे त ज्ञानी हुन्छन् । देउता जस्तै हुन्छन्  । तँ जस्ता राक्षस हुन्छन् ? ज्ञानी र देउतालाई नबुझेका उनीहरुले राक्षसलाई भने राम्रोसँग बुझ्न पाउँछन् किनकि राक्षस ठ्याक्कै उनीहरु जस्तै हुँदो रहेछ ।

बाबुको काँध चढेर मेलाजात्रा हेर्न जाँदाका दिन कति रमाइला, उत्साही र तागतिला हुन्थे उनीहरुका । आमासँग टालाटुली बटुली र गुडिया खेल्दा कति आनन्द मान्थे उनीहरु । हजुरबा आमाको लाडप्यार र पालनपोषण उनीहरुका लागि शाही खुराक र सेवाभन्दा कम थिएन । अहिले पनि बिचरा ती दुई वृद्धवृद्धा उत्तिकै लाडप्यार गर्छन् । उत्तिकै माया र सुसार गर्छन् । बाबाआमाले हप्काउँदा, पिट्दा झगडा गर्न तम्सिन्छन् ।

बिचरा मेरो नानी पढाइको पिरले टाक्सियो भन्छन् । घरमा गाली गर्छौ । स्कुलमा गाली गर्छन् । पिट्छन् । थर्काउँछन् । डर दिन्छन् । धम्की दिन्छन् । यस्तो नि हुन्छ पढाइ । पढ्न पर्दैन । पढेर हात्ती ठुलो भएको होइन । जानेर ह्वेल ठुलो भएको होइन । यसो भन्दा बाबा आमासँग उनीहरुको कतिपल्ट झडप भएको थियो ।

यी बुढाबुढीले छोराछोरी बिगारे भन्ने अभियोग समेत लगाइएका थिए । “कालो अक्षर भैँसी बराबर भएकालाई के थाहा पढाइको महत्व ?” समेत भनिएका थिए । बिचरा बुढाबुढी मायाका लागि कति अभियोग सहन्छन् । त्यो उनीहरुलाई कत्ति मन पर्दैन । यसैले हुन सक्छ, आजभोलि उनीहरु आफ्ना ती मित्रहरुसँग रहन पाउँदैनन् । विदामा या कुनै अवसरमा गाउँमा या उनीहरुकहाँ जाँदा खुब रमाउँछन् ।

उनीहरुले माया गर्छन् । जुनकुनै बेला पक्ष लिन्छन् । बालाखा टाउसियो । पढ्न पर्दैन भन्छन् । जहिले पनि कोखाई र चुनान भन्छन् । त्यस्ता मायालु ईश्वर उनीहरुले अन्त भेट्दैनन् । हुनसक्छ, उनीहरु तिनैको आदिम देशमा गएर यो दुःख र  हस्तक्षेपकारी दुनिया बिर्सिन चाहन्छन् ।

उनीहरु सोच्छन, “हाम्रा हजुरबाआमा शिक्षक किन भएनन् ?” नभन्दै उनीहरुले पढ्न भन्दैनन् । उनीहरुले होमओर्क दिदैनन् । भुलचुकमा कुनै गल्ती हुँदाका दिन, विद्यालयबाट कम्पलेन आउँदाका दिन, बाबाआमाबाट तिरस्कृत हुँदाका दिन उनीहरु पूर्णतः हजुरबाआमाका श्रणार्थी बन्छन्, बन्थे । त्यो समय हजुरआमाले गाएका लोरी गीत उनीहरुलाई घोक्नु पर्दैनथ्यो । हजुरबाले भनेका कथा उनीहरुलाई घोक्नु पर्दैनथ्यो । बिना होमओर्क, बिना घोकाइ, बिना दबाब लोरी गीत र कथा झैँ हरेक दिनका पाठ पनि जान्न पाए कति मजा हुने थियो भन्ने अनुभवको छाप उनीहरुको जीवनभरि रहिरहने छ ।

बाबुको काँध चढेर मेलाजात्रा होइन स्कुल जाँदा उनीहरु धेरैपल्ट रुन्छन्, रोए । बाबुले ललिपप खुवाउँदै सम्झाउँछन्, “मेरो छोरो ज्ञानी छ । पढेर ठुलो मान्छे बन्ने छ ।”
ठुलो शब्दले कता कता छुन्छ । सुक्क सुक्क रोकेर, स्कुल बिर्सेर, ललिपप चाट्न छोडेर भन्छन, “कत्रो ठुलो ? तपाईँ जत्रो ठुलो बाबा ?” बाबालाई आफु सानो लागेको हुन्छ । “होइन, होइन म जत्रो होइन ।”
“ जत्रो  त ? हाम्रो माले गोरु जत्रो  ठुलो ?”
“त्यो पनि होइन छोरा ।”
“भैसी जत्रो  ठुलो त ? कि पिताम्वर काकाको घोडा जत्रो  ठुलो ?”
“त्यो पनि होइन छोरा ।”
“कि हजुरबाआमाको हात्ती र ह्वेल जत्रो ठुलो बाबा ?”
“ए ! त्यसको लागि त पढ्नु पर्दैन नि ।”
बाबु झस्किन्छन्, “त्यसो होइन छोरा ।”
“ कत्रो त, रुख जत्रो  ठुलो ?”
फोन आउँछ । बाबालाई अल्लि सान्दर्भिक लाग्छ र भन्छन्, “हो, त्यत्रै छोरा ।”
उसले ललीपप फाल्दै, खुट्टा फाल्दै प्रतिकार गर्छ । “म त्यत्रो हुन्न बाबा । हाम्रो घर सानो छ । म घरभित्र अट्दिन । तपाईँहरुसँग बस्न पाउँदिन । बाहिरै बस्न पर्छ ”।
बाबा लोट्छन् । फोन र उनीहरु पनि लोट्छन् । ओठ काट्छ । बाबाले त्यसैमाथि चुट्छन् । कति समय रोएथे उनीहरु । रोइरहेका छन् उनीहरु ।
एउटा चटकेको काल्पनिक घटना उनीहरुलाई आफ्नै घटना जस्तो लाग्छ । कता कता डर पनि लाग्छ ।

कहिलेकाहीँ झुक्काएर स्कुलको छानोमा ढुङ्गा फाल्दा, झ्यालढोका हान्दा, फर्निचर तोडफोड गर्दा उनीहरुलाई आनन्द लाग्छ । बगैचामा फुलहरु टिप्दा, गमला फुटाउँदा उनीहरुलाई झनै शीतलो महसुुस हुन्छ । उनीहरुले यो कामलाई गल्ती मान्दैनन् । यो काम गर्ने कसैलाई दोषी पनि देख्दैनन् । उनीहरुका निम्ति यस्तो काम गर्ने व्यक्ति बहादुर मानिस ठहर्छ । नसकेर हो । यी काम त के हुन् र ? सके स्कुलै भत्काइदिन्थे उनीहरु । हुन सक्छ, जेल घर जस्तो स्कुल र कैदी जस्तो आफुलाई उनीहरु कहिल्यै रुचाएनन् ।

आज भने उनीहरुको मनमा स्कुल प्रति धेरै प्रेम र श्रद्धाभाव छ । उनीहरुमा धेरै तागत भरिएर आएको छ । त्यसैले हुन सक्छ, सबेरै उठे । ज्ञानी भएर आफ्नो काम आफै गरे । स्कुलले दिएको जिम्मेदारी पनि अति राम्रोसँग पूरा      गरे । आमालाई भान्सामा पनि सघाए । बाबाको कोठा र सामान समेत मिलाइदिए ।

उनीहरुको खुसी र उमङ्ग देखेर उनीहरुका प्रेमी हजुरबाआमा खुब रमाए । सबेरै खाना खाए र स्कुल गए ।किनकि, हिजो प्रधानाध्यापकले भन्नु भएको थियो । “भोलि बालदिवस हो । किताब बोकेर आउनु पर्दैन । टिफिन र पानी मात्र लिएर आए हुन्छ । भोलि त पढ्न, लेख्न पनि पर्दैन । भोलि तिमीहरुकै सांस्कृतिक कार्यक्रम छ । खेलकुद छ । नाटक छ । चटकेको जादु, कथा र खेल पनि छ । भोलि त तिमीहरुको दिवस । गाऊ, नाच, हाँस, खेल, रमाऊ । भोलि त बालदिवस । तिमीहरुको ठुलो चाड । बालदिवस !”
उनीहरुले आनन्दको सास फेर्छन । घुटुक्क थुक निल्छन् र मनमनै भन्छन् ।
“हेडसर ! सधैँ बालदिवस किन आउँदैन ?”

Share This Article
Facebook Email Copy Link Print
Previous Article युवतिहरुको पहिलो रोजाईमा पानीपुरी
Next Article शिवालय खानेपानीको निर्वाचन आज दुई प्यानल विच कडा प्रतिस्पर्धा हुँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

महिलाको नाममा किर्ते गर्दै महिला तथा बालबालिका कार्यलयल

57 years ago

धनपतिले गरे विद्यालयलाई ४ रोपनी जग्गा दान

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहत्वपूर्ण स्थानहरुमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

मनले चिताएको इच्छा पूरा हुने स्थान अर्थात ‘मनकामना’

57 years ago
पर्बत - PBTबिशेष खबर

युवापुस्तामा सीप हस्तान्तरण नहुँदा सारङ्गीको धुन लोभ हुँदै (भिडियोसहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?