असोज १३ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि आज तिव्र प्रतिस्पर्धाका विच निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै गरे पनि कडा प्रतिस्पर्धा भने दुई प्यानलका विच नै हुने सर्वसाधारणको ठम्याई छ ।
अध्यक्षका उम्मेदवारहरुमा मान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि आज तिव्र प्रतिस्पर्धाका विच निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै गरे पनि कडा प्रतिस्पर्धा भने दुई प्यानलका विच नै हुने सर्वसाधारणको ठम्याई छ ।
अध्यक्षका उम्मेदवारहरुमा मान"/>
2026-09-19 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय खानेपानीको निर्वाचन आज दुई प्यानल विच कडा प्रतिस्पर्धा हुँदै

असोज १३ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि आज तिव्र प्रतिस्पर्धाका विच निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै गरे पनि कडा प्रतिस्पर्धा भने दुई प्यानलका विच नै हुने सर्वसाधारणको ठम्याई छ ।
अध्यक्षका उम्मेदवारहरुमा मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार छन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदै छ ।
     नयाँ कार्यसमितिका लागि चुनावी दौडमा दुई प्यानल तयार भई चुनावमा उत्रिदै छन् भने अध्यक्षको उम्मेदवार रहेकी मानकुमारी       गिरीले प्यानल बनाएकी छैनन् । चुनावी दौडमा बनाईएको एउटा प्यानलको नेतृत्व विष्णुप्रसाद नेवारले गरेका छन् भने दोस्रो प्यानलको बाबुराम जोशीले गरेका छन् । अध्यक्षका उम्मेदवारमध्येका नेवार नेतृत्वको प्यानलमा उपाध्यक्ष सरीता भण्डारी सरु, सचिव दिपुबाबु गिरी, कोषाध्यक्ष राम गिरी राजु, सदस्यहरुमा पुरुषतर्फ फुलराज शर्मा, नवराज गिरी र महिला तर्फ बुद्धिकुमारी श्रेष्ठ, नम्रता गिरी, सीता केसी रहेका छन् ।
    त्यसैगरी जोशी नेतृत्वको प्यानलमा उपाध्यक्ष रमाकान्त शर्मा, सचिव रविकुमार श्रेष्ठ, कोषाध्यक्ष हरिनारायण पाध्या र पुरुष सदस्यहरुमा बलराम पाध्या, शालिग्राम पाध्या छन् भने महिला सदस्यहरु तुप्ला शाक्य, सीता केसी, ओमकुमारी श्रेष्ठ रहेका छन् । महिला सदस्य सीता केसीलाई दुइवटै प्यानलले आफ्नो सदस्य बनाएको देखिन्छ  । सचिव पदमा        दिपकराज पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
    जोशी प्यानलको कोषाध्यक्ष उम्मेदवार रहेका    हरिनारायण पाध्या जागिरे शिक्षक हुन् । संशोधित शिक्षा ऐन विपरित दोहोरो जिम्मेवारी हुने  गरी शिक्षक संस्थाको कुनै पनि पदमा बस्न नमिल्ने भन्ने उल्लेख छ । कोषाध्यक्ष पदमा चुनाव लड्दै गरेका पाध्या शिक्षक हुन् । शिक्षक पाध्याका विरुद्ध केही अभिभावकहरुले जिल्ला शिक्षा कार्यालयमा लिखित उजुरी दिएका छन् ।
अध्यक्षका उम्मेदवार मध्ये विष्णुप्रसाद नेवार अनुभवि सामाजिक व्यक्तित्व मानिन्छन् । उनी यसअघि विभिन्न संघसंस्थामा रहि सामाजिक सेवा पुराइसकेका व्यक्ति हुन् । त्यसैगरी अर्को प्यानलका अध्यक्ष जोशी यसअघि खानेपानी संस्थाको कोषाध्यक्ष रही सकेका व्यक्ति हुन् । अध्यक्षकै अर्को उम्मेदवार मानकुमारी गिरी विगत लामो समयदेखि सामाजिक क्षेत्रमै लागेर जीवन विताएकी व्यक्ति हुन् । विभिन्न संघसंस्थामा रही निस्वार्थ सामाजिक सेवा पुराईसकेकी गिरी खानेपानी संस्थाकै पूर्व उपाध्यक्ष रही सेवा गरिसकेकी व्यक्ति हुन् । प्रतिस्पर्धी उम्मेदवारहरुले उपभोक्ताको मत माग्नका लागि तीव्र प्रचारप्रसार गरिसकेका छन् । सदस्यहरुले घरदैलो कार्यक्रम समेत गरेका थिए । प्रतिस्पर्धी अध्यक्ष विच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उपभोक्ताको मत संख्या ९०० मा करीव ६५० उपभोक्ताको मत खस्ने विश्वास छ । चुनाव जसले जिते पनि थोरै अन्तरले जितहार हुने अनुमान सर्वसाधारणको छ ।
संस्थाको कार्यसमितिमा अध्यक्षसहित ९ जना सदस्यहरु रहने व्यवस्था छ । संस्थाले २३ सयभन्दा बढी धारा वितरण गरेको गरिसकेको छ । वितरित धारामध्ये नविकरण गर्ने ९०० जना उपभोक्ता सदस्यहरुले निर्वाचित कार्यसमिति सदस्यहरुलाई मतदान गर्नेछन् । निर्वाचनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । संस्थाको शनिवार ते¥हौ साधारणसभा सम्पन्न भईसकेको छ । खानेपानी संस्थामा सहमतिबाट सदस्य चयन हुनुपर्छ भन्ने आमसर्वसाधारणको भावना विपरित चुनावी प्रतिस्पर्धा हुँदै आएको छ ।         पार्टी प्यालेसमा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो