2026-07-24 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धनपतिले गरे विद्यालयलाई ४ रोपनी जग्गा दान

20160427_143803पर्वत, जिल्लाको बर्राचौरमा रहेको जनसेवा प्रथामिक विद्यालयलाई यहाँका एक समाजसेविले ४ रोपनी जग्गा दान गरेका छन् । धनपति न्यौपानेले उक्त विद्यालयलाई ४७२ कित्ता नब्बरको ४ रोपनी ११ आना १ पैसा १ दामको जग्गा दान गरेका हुन् । बर्राचौर ९ नौनादी निवासी न्यौपाने हाल चितवन माडी नगरपालिका २ भैरवपुरमा बस्दै आएका छन् ।

विद्यालय सार्वजानिक चौरमा रहेको र विद्यालयको आर्थिक अबस्था कमजोर भएका कारण आफुले विद्यालयलाई जग्गा दान गर्ने योजना बनाएको न्यौपाने बताउँछन् । विद्यालयको सम्पत्तीको नाममा कुनै पनि भौतिक सम्पत्ती नभएको र सार्वजनिक चौरमा विद्यालय रहेका कारण आफुलाई जग्गा दान गर्ने इच्छा जागेका कारण आफुले दान गरेको बताएका छन् । वडा नं ९ मा बस्ने भएता पनि  वडा १ मा रहेको उक्त विद्यालयलाई जग्गा दान गर्न आफु इच्छुक भएका कारण जग्गा दान गरेको बताए ।

सार्वजानिक चौरमा रहेको उक्त विद्यालयको नाममा  यो भन्दा अगाडी  कुनैपनि जग्गा नभएको र उनले जग्गा दान गरेपछि विद्यालयको पहिलो सम्पत्ती स्वरुप उक्त जग्गा भएको विद्यालयका प्रधानाध्यापक यज्ञनारायण पराजुली बताउँछन् । विद्यालयको लागि न्यौपानेले जग्गा दान गरेरे ठूलो पुण्य गरेको भन्दै पराजुलीले उक्त जग्गालाई विद्यालयको आर्थिक स्रोत बनाउने बताएका छन् । उक्त जग्गामा घाँस तथा अन्य छिटो काठ उत्पादन हुने विरुवा लगाई विद्यालयको आर्थिक अबस्था मजबूत बनाउनको लागि प्रयोग गरीने बताए । विद्यालयका विव्यस अध्यक्ष नरेन्द्र क्षेत्रीले न्यौपानेको सफा ह्दयका कारण विद्यालयको सम्पत्तीको नाममा जग्गा उपलब्ध भएको बताएका छन् । गाविसमा अन्य यस्तै समाजको सेवा गर्ने मनका मानिसहरु भए विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि हुने बताए ।

“दरबन्दी वितरण गर्दा   राजनीतिक पहु“चको आधारमा वितरण गर्दा आफ्नो विद्यालयमा आवश्यक अनुसारको दरबन्दी नपाएको विद्यालयले गुनासो गरेको छ ।”

शिक्षा कार्यालयले पहुँचका आधारमा दबरन्दी बाँड्यो

उक्त विद्यालयका प्रधानाध्यापक पराजुली तथा विव्यसका अध्यक्ष क्षेत्रीले शिक्षा कार्यालयले विद्यालयमा शिक्षकको दरबन्दी दिनको लागि हिचकिचाएको बताएका छन् । पहुँचका आधारमा र राजनीतिक आडमा शिक्षा कार्यालयले शिक्षक दरबन्दी वितरण गरेको उनीहरुको आरोप छ । अन्य विद्यालयमा आवश्यक भन्दा बढी शिक्षकको दरबन्दी भएको तर आफ्नो विद्यालयमा शिक्षकको दरबन्दी कम भएका कारण शैक्षिक गुणस्तर उकास्नको लागि कठिन भएको उनीहरुको गुनासो छ ।

उक्त विद्यालयमा स्थायी २ र राहतका १ गरी तीन जना शिक्षक रहेका छन् । प्रथामिक तहका लागि ५ जनाको दरबन्दी हुनुपर्ने भएता पनि शिक्षा कार्यालयले दरबन्दी नदिदाँ आफुहरु समस्यामा परेको विद्यालयका प्रअ पराजुली बताउँछन् । विद्यालयमा आवश्यक अनुसारका शिक्षक नहुदाँ नीजि स्रोतबाट एक जना शिक्षक राखिएको विद्यालयले बताएको छ । विद्यालय रहेको सार्वजानिक चौरको घाँस विक्रि, विवाह तथा गाउँमा जागिरे आए चन्दा मागेर र विद्यालयमा भएको दुइ वटा रुखकटरको बोटबाट सिजनमा कटहर  तथा दाउरा बेचेर नीजि स्रोतबाट शिक्षक चलाइएको विद्यालयले जनाएको छ । २०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पले दुख दियो

बैशाख १२ र २९ गते गएको महाविनासकारी भूकम्पका कारण विद्यालयले ठूलो क्षती व्यहोरेको छ । भूकम्पबाट ४ वटा कोटा ध्वस्त भएको विद्यालयले जनाएको छ । ध्वस्त भएका कोठा मध्ये जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुई वटा कोटाको निर्माण कार्य शुरु भएको विद्यालयले जनाएको छ । भएको भौतिक संरचना पनि भूकम्पले ध्वस्त बनाउँदा आफुहरु टुहुरा जस्तै भएको र अहिले पालमा पठनपाठन गराउँदै आएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक