विश्व |


अमेरिकामा उड्दै गरेको विमानमा आगलागी

Posted on February 21, 2021 | views : 896 |

फागुन ९, काठमाडौँ । अमेरिकाको बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको छ । डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको संचारमाध्यमहरुले जनाएका छन् ।  बीबीसीका अनुसार आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झर

Read More

लद्दाखको गलवानमा क्षेत्रमा पाँच जना चिनियाँ सैनिकको मृत्यु

Posted on February 19, 2021 | views : 1379 |

फागुन ७, काठमाडौँ । लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष भारत र चिनियाँ सैनिकबिच भएको झडपमा पाँच जना सैनिकको मृत्यु भएको चिनले स्वीकार गरेको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो । यसअघि चीनले गलवानमा भएको झडपमा आफ्ना सैनिकको मृत्यु भए/नभएको सार

Read More

अस्ट्रेलियामा फेसबुकबाट समाचर हेर्न र शेयर गर्न बन्द

Posted on February 18, 2021 | views : 617 |

फागुन ६, काठमाडौँ । अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई फेसबुकले आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न बन्द गरेको छ । बिहीबार बिहानैदेखि त्यहाँ फेसबुक पेजभर स्थानीय र ग्लोबल न्युज साइटहरू बन्द गरिएका थिए । आपतकाललगायत पेजहरूसमेत ब्लक गरिएका छन् तर यसमा गल्ती भएको फेसबुकले जनाएको छ । अस्ट्

Read More

विष्फोटमा परी चार बालबालिकाको मृत्यु

Posted on February 18, 2021 | views : 1192 |

फागुन ६, युगान्डा । युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  उक

Read More

इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कुटनीतिज्ञहरु सहमत

Posted on February 18, 2021 | views : 1000 |

फागुन ६, पेरिस । युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ ।  फ्रान्सेली विदेश मन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसम

Read More

भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

Posted on February 18, 2021 | views : 744 |

फागुन ६, काठमाडौँ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९

Read More

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

Posted on February 18, 2021 | views : 703 |

फागुन ६, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गर्नुभएको थियो र पछि सहयोग रकम रोक्नुभएक

Read More

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार पुग्यो

Posted on February 17, 2021 | views : 562 |

फागुन ५, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्

Read More

भारतमा मङ्गलबार कोभिड–१९ बाट एघार हजार छ सय भन्दा बढी सङ्क्रमित

Posted on February 17, 2021 | views : 643 |

फागुन ५, नयाँ दिल्ली । भारतमा मङ्गलबार ११ हजार ६१० जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएपछि  कुल सङ्क्रमितको संख्या सम्म एक करोड ९ लाख ३७ हजार भन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ९१३ जनाको मृत्यु भएको छ ।

Read More

इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी

Posted on February 17, 2021 | views : 681 |

फागुन ५, रोम । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गर्नु भएको छ ।  युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्व प्रमुख समेत रहनु भएका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नु

Read More

जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

Posted on February 17, 2021 | views : 710 |

फागुन ५, टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो ।

Read More

अमेरिकामा हिमआँधीबाट कम्तीमा २० जनाको मृत्यु

Posted on February 17, 2021 | views : 747 |

फागुन ५, वासिङ्टन । संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।  टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा

Read More

जिम्बाबेमा लकडाउनको अवधि थप

Posted on February 16, 2021 | views : 1010 |

फागुन ४, हरारे । कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताउनु भयो ।उहाँका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो ।

Read More

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोना खोप

Posted on February 16, 2021 | views : 646 |

फागुन ४,लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । उहाँले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।  प्रधानमन्त्री कोस्टाले फाइजर÷बायोएनटेकको खोप लगाउनु भएको हो । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो

Read More

कतार एअरवेजले दक्षिण अमेरिकी क्षेत्रमा उडान विस्तार गर्ने

Posted on February 16, 2021 | views : 713 |

फागुन ४, दोहा । कतार एअरवेजले साओ पाओलोसम्म उडान गर्ने भएको छ । लाटाम एअरलाइन्स ब्राजिल कोडशेयरसंग सम्झौता गरी साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा गरेको हो । यसले दुवै एअरलाइनका यात्रुहरुलाई एशिया, मध्य एशिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुयाउने कम्पनीले जनाएको छ । उक्त सम्झौताल

Read More

कोभिशिल्ड खोपलाई विश्व स्वास्थ्य सङ्गठनले दियो प्रयोग अनुमति

Posted on February 16, 2021 | views : 834 |

फागुन ४, काठमाडौँ । कोरोनाभाइरस बिरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले प्रयोग अनुमति दिएको छ । सोहि खोप नेपालमा पनि प्रयोग भइरहेको छ ।  भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको उक्त खोपलाई डब्ल्यूएच

Read More

म्यानमारको सेनाले गर्यो नयाँ कानूनको घोषणा,प्रदर्शन गर्नेलाई २० वर्षको कैद

Posted on February 15, 2021 | views : 1148 |

फागुन ३, काठमाडौँ । म्यानमारको सेनाले नयाँ कानुन घोषणा गरेको छ । उसले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय सहितको कानुन घोषणा गरेको हो । यसरी सेनामाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको हो । यसअघि म्यानमारको सेनाले सत्ताकब्जा गरेर एक बर्षका लागि संकटकाल घोषणा गरेको थियो । म्यानमारका

Read More

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए

Posted on February 15, 2021 | views : 583 |

फागुन ३, अफगान । अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी  प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा  इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ  ।  प्रान्तीय राजधानी जलालाबाद श

Read More

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

Posted on February 15, 2021 | views : 598 |

फागुन ३, ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।  स्थानीय संचार माध्यमहरुले उहाँको हृदयघातका कारण निधन भएको जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भ

Read More

साउदीमा लकडाउन अवधि थप

Posted on February 15, 2021 | views : 1542 |

फागुन ३, एजेन्सी । साउदी अरेबियाले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लागु गरिएको लकडाउन (प्रतिबन्धात्मक अवस्थाहरुको )अवधि थप गरेको छ । आइतबार सरकारले लकडाउन अवधि थप गरेको घोषणा गरेको हो । यसअघि साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध, चलचित्र प्रदर्शन गर

Read More

भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख

Posted on February 15, 2021 | views : 678 |

फागुन ३, नयाँदिल्ली। भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको

Read More

दक्षिण कोरियामा घटेन कोभिडका सङ्क्रमितको संख्या

Posted on February 15, 2021 | views : 537 |

फागुन ३, काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् ।  प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको सम

Read More

जापानले ल्यायो कोरोनाविरुद्ध नयाँ खोप

Posted on February 14, 2021 | views : 701 |

फागुन २, काठमाडौँ । जापानले आफ्नो पहिलो कोरोना बिरुद्धको खोपलाई प्रयोग अनुमति दिएको छ । स्वास्थ विभागले यसअघि नै फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिएको थियो । शुक्रबार एक सरकारी संयन्त्रले स्वदेशी खोप प्रयोगमा ल्याइएको घोषणा गरेको हो । परीक्षणको अन्तिम नतिजाले यो खोप प्रभावकारी रहेको देखाएको बताइएक

Read More

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

Posted on February 14, 2021 | views : 957 |

फागुन २, काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान

Read More