४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बिरयानीका लागि अतिरिक्त राइता माग्दा रेष्टुरेन्टका कर्मचारीद्वारा कुटपिट गरी ग्राहकको हत्या

२६ भाद्र २०८०, मंगलवार ०७:०७

हैदराबाद | बिरयानीका लागि अतिरिक्त राइता माग्दा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । भारतको तेलंगनाको हैदराबादस्थित एक रेस्टुरेन्टमा ग्राहकले बिरयानीका लागि अतिरिक्त राइता माग्दा विवाद सुरु भयो । विवाद यतिसम्म बढ्यो कि रेस्टुरेन्टका केही कर्मचारीले ग्राहकमाथि निर्घात कुटपिट गरे, यति कुटे कि उनको ज्यानै गयो । 

भारतीय सञ्चार माध्यमका अनुसार मारिएका व्यक्तिको नाम लियाकत हो । उनी ३० वर्षका थिए र चन्द्रयानगुट्टाका बासिन्दा थिए । लियाकत सोमबार राती आफ्ना तीन जना साथीहरूसँग बेलुकाको खानाका लागि पन्जागुट्टा एक्स रोड इलाकाको मेरिडियन बिरयानी रेस्टुरेन्टमा बिरयानी खान गएका थिए । खाँदै गर्दा बिरयानी पुगेन, अतिरिक्त मागे त्यसपछि विवाद सुरु भयो । 


प्रहरीका अनुसार बिरयानी खाने बेला अतिरिक्त राइता माग्दा ग्राहक र रेस्टुरेन्टका केही कर्मचारीबीच बहस भयो । त्यसपछि ग्राहक र रेस्टुरेन्टका एक कर्मचारीले एक–अर्कामाथि कुटपिट सुरु गरे ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार दुई कुटपिट सुरु भएको जानकारी पाएपछि प्रहरी रेस्टुरेन्ट पुगे । पछि ग्राहक र होटेलका कर्मचारीले पन्जागुट्टा प्रहरी थानामा एक–अर्का विरुद्ध उजुरी दर्ता गरे । अधिकारीले दिएको जानकारी अनुसार कुटपिटमा ग्राहकलाई खासै चोट लागेको थिएन तर उनलाई बान्ता हुन थाल्यो र उनी थाना भित्रै लडे ।

एफआइआर दर्ता

प्रहरीले दिएको जानकारी अनुसार उनलाई अस्पताल लगियो, त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे । मृतकको परिवारले उनलाई अस्पताल लैजान ढिला गरेको भन्दै आरोप लगाए । प्रहरीले पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको सही कारणबारे पत्ता लाग्ने बताएको छ । हाल हत्याको मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’