२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

२०८०, २८ भाद्र बिहीबार १०:४०

भदौ २८, काठमाडौँ | पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो ।

सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ खेलमा पोल्याण्डको यो तेस्रो पराजय हो । युरो छनोटको समूह ई मा पोल्याण्ड चौथो स्थानमा झरेको छ ।


यसअघि पोर्चुगलको प्रशिक्षक रहँदा सान्तोसले २०१६ मा युरो कप जिताएका थिए । यस्तै २०१८-१९ को पहिलो नेसन्स लिग पनि जितेका थिए तर २०२२ को विश्वकपपछि उनले पोर्चुगल छाडे ।

पोल्याण्डले अर्को खेल अक्टोबरमा आइसल्याण्डसँग हुनेछ । पोलिस फुटबल संघले सान्तोसको प्रयासलाई धन्यवाद दिएको छ । सान्तोसले पोल्याण्डको टिमलाई व्यवस्थापन गर्न पाउँदा आभार व्यक्त गरेका छन् ।

पोल्याण्डसँग छोटो समय काम गर्दा गत जुनमा जर्मनीलाई मैत्रीपूर्ण खेलमा १–० ले हराउनु सान्तोसको लागि सबैभन्दा सुखद नतिजा रह्यो ।

युरो छनोटमा आफ्नो समूहमा शीर्ष वरियता पाएको पोल्याण्ड अल्बानिया, मोल्दोभा र चेक रिपब्लिक भन्दा पछि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान