२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको जयपुरमा एक नेपाली महिलाको शव सुटकेसमा फेला

२०८०, ३० भाद्र शनिबार १२:०२

भदौ ३०, एजेन्सी | भारतको जयपुरमा सुटकेसमा एक नेपाली महिलाको शव फेला गरेको छ ।  घटनाका मुख्य योजनाकार र उनका सहयोगीलाई बिहीबार चित्रकूट प्रहरी चौकीले पक्राउ गरेको हो । प्रहरीले सुटकेसमा भरेर नाहरगढ डाँडामा फालेकी एक महिलाको शव पनि आरोपीको खोजीमा बरामद गरेको थियो । त्यसको एक दिनपछि ती महिला नेपालको रहेको पुष्टि भएको छ  । उनको पहिचान भने खुलाइएको छैन ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । ‘हामीले बिहीबार उनको शव फेला परेका थिए | हामीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेका हुन् । शवलाई ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी रहेको छ,’ उनले भने ।

पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ । करिब ५ महिनाअघि नेपालकी एक युवतीलाई दिल्लीबाट जयपुर ल्याइएको थियो । युवतीलाई यहाँ वैशालीनगरस्थित अपार्टमेन्टमा भाडामा राखिएको थियो । अभियुक्तहरूले युवतीलाई सहरका विभिन्न क्षेत्रमा पठाएर देहव्यापारमा लगाउँदै आएका थिए ।

अतिरिक्त प्रहरी आयुक्त डा कैलाशचन्द्र बिष्णोईका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण गत वैशाख २५–२६ राति अभियुक्तले नेपाली युवतीको हत्या गरेको थियो । त्यसपछि २७ अप्रिलको राती शवलाई सुटकेसमा राखेर नाहरगढको पहाडमा फालिएको थियो । यसैबीच विशेष टोलीका हवल्दारले बालिका बेपत्ता र हत्या भएको जानकारी पाए । त्यसपछि प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

जसमा उनले शवलाई सुटकेसमा राखेर नाहरगढको जंगलमा फालिदिएको जानकारी दिएका थिए । त्यसपछि उनीहरुको सूचनामा प्रहरीले सुटकेस बरामद गरेको थियो । डीएसटी वेस्ट इन्स्पेक्टर गणेश सैनीले यस सम्बन्धमा मुद्दा दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी