४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको जयपुरमा एक नेपाली महिलाको शव सुटकेसमा फेला

३० भाद्र २०८०, शनिबार १२:०२

भदौ ३०, एजेन्सी | भारतको जयपुरमा सुटकेसमा एक नेपाली महिलाको शव फेला गरेको छ ।  घटनाका मुख्य योजनाकार र उनका सहयोगीलाई बिहीबार चित्रकूट प्रहरी चौकीले पक्राउ गरेको हो । प्रहरीले सुटकेसमा भरेर नाहरगढ डाँडामा फालेकी एक महिलाको शव पनि आरोपीको खोजीमा बरामद गरेको थियो । त्यसको एक दिनपछि ती महिला नेपालको रहेको पुष्टि भएको छ  । उनको पहिचान भने खुलाइएको छैन ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । ‘हामीले बिहीबार उनको शव फेला परेका थिए | हामीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेका हुन् । शवलाई ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी रहेको छ,’ उनले भने ।

पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ । करिब ५ महिनाअघि नेपालकी एक युवतीलाई दिल्लीबाट जयपुर ल्याइएको थियो । युवतीलाई यहाँ वैशालीनगरस्थित अपार्टमेन्टमा भाडामा राखिएको थियो । अभियुक्तहरूले युवतीलाई सहरका विभिन्न क्षेत्रमा पठाएर देहव्यापारमा लगाउँदै आएका थिए ।

अतिरिक्त प्रहरी आयुक्त डा कैलाशचन्द्र बिष्णोईका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण गत वैशाख २५–२६ राति अभियुक्तले नेपाली युवतीको हत्या गरेको थियो । त्यसपछि २७ अप्रिलको राती शवलाई सुटकेसमा राखेर नाहरगढको पहाडमा फालिएको थियो । यसैबीच विशेष टोलीका हवल्दारले बालिका बेपत्ता र हत्या भएको जानकारी पाए । त्यसपछि प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

जसमा उनले शवलाई सुटकेसमा राखेर नाहरगढको जंगलमा फालिदिएको जानकारी दिएका थिए । त्यसपछि उनीहरुको सूचनामा प्रहरीले सुटकेस बरामद गरेको थियो । डीएसटी वेस्ट इन्स्पेक्टर गणेश सैनीले यस सम्बन्धमा मुद्दा दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’