४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

११ वर्षदेखि ननिदाएको दाबी गर्ने महिला

२८ भाद्र २०८०, बिहीबार ११:२७

एजेन्सी | ३६ वर्षकी एक महिलाले आफू विगत ११ वर्षदेखि ननिदाएको दाबी गरेकी छिन् । ती महिलाको यस्तो दाबीमा उनकै देशका भियतनामीले प्रश्न उठाएका छन् । तर उनले आफूले झुटो नबोलेको दाबी गर्ने गर्छिन् । 

भियतनामको क्वाङ गाइकी बासिन्दा त्रान थी लु एक प्रि–स्कुलमा काम गर्छिन् । भियतनामको सोसल मिडियामा उनी विगत ११ वर्षदेखि निदाउन नसकेको जानकारी आएपछि यतिबेला चर्चाको केन्द्रमा छिन् । हालै सार्वजनिक भएको एक अन्तर्वार्ता अनुसार ती महिलालाई सुरुमा बिना कारण रुन मन लाग्ने समस्या थियो, त्यो समस्या त निको भयो तर त्योभन्दा पनि ठुलो समस्या आइलाग्यो जसले उनलाई पछिल्लो ११ वर्षदेखि पछ्याइरहेको छ ।  


उनका अनुसार उनलाई रुनका लागि खासै केही कारण चाहिँदैनथ्यो । आँसु आउन थालेपछि उनी आँखा चिम्लेर निदाउन खोज्थिन् तर आँसु रोकिँदैनथ्यो । यो अचम्मको समस्या निको त भयो तर त्यसपछि उनको निदाउने क्षमता भने पूर्ण रूपमा गायब भयो । उनले निदाउन प्रयास नगर्ने होइन । आँखा थाकेका हुन्छन् तर दिमाग पूर्ण रूपमा जागा । त्यसैले पछिल्लो ११ वर्षदेखि उनी आँखा चिम्लेर आफ्नो थकान मेटाउने प्रयास गर्दै आएकी छिन् जबकि उनका श्रीमान् र छोराछोरी भने मज्जाले सुत्छन् । 

‘म पछिल्लो ११ वर्षदेखि निदाउन नसकेको कुरा साँचो हो । लाइक र भ्यु पाउन रचेको बनावटी कुरा होइन,’ त्रानले भनिन् । ‘तपाईंले मलाई नजिकबाट हेर्नुभयो भने यसका असर राम्रोसँग देख्न सक्नुहुन्छ । मेरो आँखा वरिपरि डार्क सर्कल छन् । ११ वर्षअघि मेरो कुनै डार्क सर्कल थिएन, अनुहारमा कुनै दाग धब्बा पनि थिएनन् ।’

‘उनले मलाई धेरै साहस दिन्छन्,’ श्रीमान् बारे कुरा गर्दै उनले भनिन् । ‘उनले मलाई प्रत्येक रात ‘आनन्दले आँखा चिम्लेर निदाउने प्रयास गर’ भनेर प्रोत्साहन गर्छन् । तर म त्यसो गर्न सक्दिनँ । उनी मज्जाले सुतिराख्दा म भने किन निदाउन सकिनँ भनेर विचार गर्न थाल्छु । त्यसपछि मैले एकदिन अस्पताल गएर आफ्नो अवस्थाबारे जान्ने कोसिस गरेँ ।’

३६ वर्षकी ती महिला एकदिन क्वाङ गाइ प्रोभिन्सियल मेन्टल अस्पतालमा उपचारका लागि गइन् । त्यहाँ डाक्टरले उनलाई ‘सिभियर इन्सोम्निया’ द्वारा ग्रसित भएको पाए । डाक्टरले उनलाई औषधी पनि दिए तर औषधी खाएपछि उनको खुट्टा हिँड्नै नसक्ने गरी दुख्यो । तर औषधी असाध्यै महँगो र साइड इफेक्ट पनि भयानक भएका कारण उनले त्यो सेवन गर्न छोडिन् । 

लुकी छिमेकीले उनको अवस्थाबारे पुष्टि गरेकी छिन् । १० वर्ष अघि आफूलाई लुले निदाउन नसकेको कुरा साझा गरेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘उनको कहानी अपत्यारिलो त छ तर उनको घरसँगै मेरो घर जोडिएकोले उनको भनाइमा सत्यता छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’