२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

११ वर्षदेखि ननिदाएको दाबी गर्ने महिला

२०८०, २८ भाद्र बिहीबार ११:२७

एजेन्सी | ३६ वर्षकी एक महिलाले आफू विगत ११ वर्षदेखि ननिदाएको दाबी गरेकी छिन् । ती महिलाको यस्तो दाबीमा उनकै देशका भियतनामीले प्रश्न उठाएका छन् । तर उनले आफूले झुटो नबोलेको दाबी गर्ने गर्छिन् । 

भियतनामको क्वाङ गाइकी बासिन्दा त्रान थी लु एक प्रि–स्कुलमा काम गर्छिन् । भियतनामको सोसल मिडियामा उनी विगत ११ वर्षदेखि निदाउन नसकेको जानकारी आएपछि यतिबेला चर्चाको केन्द्रमा छिन् । हालै सार्वजनिक भएको एक अन्तर्वार्ता अनुसार ती महिलालाई सुरुमा बिना कारण रुन मन लाग्ने समस्या थियो, त्यो समस्या त निको भयो तर त्योभन्दा पनि ठुलो समस्या आइलाग्यो जसले उनलाई पछिल्लो ११ वर्षदेखि पछ्याइरहेको छ ।  


उनका अनुसार उनलाई रुनका लागि खासै केही कारण चाहिँदैनथ्यो । आँसु आउन थालेपछि उनी आँखा चिम्लेर निदाउन खोज्थिन् तर आँसु रोकिँदैनथ्यो । यो अचम्मको समस्या निको त भयो तर त्यसपछि उनको निदाउने क्षमता भने पूर्ण रूपमा गायब भयो । उनले निदाउन प्रयास नगर्ने होइन । आँखा थाकेका हुन्छन् तर दिमाग पूर्ण रूपमा जागा । त्यसैले पछिल्लो ११ वर्षदेखि उनी आँखा चिम्लेर आफ्नो थकान मेटाउने प्रयास गर्दै आएकी छिन् जबकि उनका श्रीमान् र छोराछोरी भने मज्जाले सुत्छन् । 

‘म पछिल्लो ११ वर्षदेखि निदाउन नसकेको कुरा साँचो हो । लाइक र भ्यु पाउन रचेको बनावटी कुरा होइन,’ त्रानले भनिन् । ‘तपाईंले मलाई नजिकबाट हेर्नुभयो भने यसका असर राम्रोसँग देख्न सक्नुहुन्छ । मेरो आँखा वरिपरि डार्क सर्कल छन् । ११ वर्षअघि मेरो कुनै डार्क सर्कल थिएन, अनुहारमा कुनै दाग धब्बा पनि थिएनन् ।’

‘उनले मलाई धेरै साहस दिन्छन्,’ श्रीमान् बारे कुरा गर्दै उनले भनिन् । ‘उनले मलाई प्रत्येक रात ‘आनन्दले आँखा चिम्लेर निदाउने प्रयास गर’ भनेर प्रोत्साहन गर्छन् । तर म त्यसो गर्न सक्दिनँ । उनी मज्जाले सुतिराख्दा म भने किन निदाउन सकिनँ भनेर विचार गर्न थाल्छु । त्यसपछि मैले एकदिन अस्पताल गएर आफ्नो अवस्थाबारे जान्ने कोसिस गरेँ ।’

३६ वर्षकी ती महिला एकदिन क्वाङ गाइ प्रोभिन्सियल मेन्टल अस्पतालमा उपचारका लागि गइन् । त्यहाँ डाक्टरले उनलाई ‘सिभियर इन्सोम्निया’ द्वारा ग्रसित भएको पाए । डाक्टरले उनलाई औषधी पनि दिए तर औषधी खाएपछि उनको खुट्टा हिँड्नै नसक्ने गरी दुख्यो । तर औषधी असाध्यै महँगो र साइड इफेक्ट पनि भयानक भएका कारण उनले त्यो सेवन गर्न छोडिन् । 

लुकी छिमेकीले उनको अवस्थाबारे पुष्टि गरेकी छिन् । १० वर्ष अघि आफूलाई लुले निदाउन नसकेको कुरा साझा गरेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘उनको कहानी अपत्यारिलो त छ तर उनको घरसँगै मेरो घर जोडिएकोले उनको भनाइमा सत्यता छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी