४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पृथ्वीभन्दा ८.६ गुणा ठुलो ग्रहमा जीवनको सङ्केत

२८ भाद्र २०८०, बिहीबार ०८:२९

भदौ २८, कठमाडौं | पृथ्वीबाट करिब १२० प्रकाश वर्ष टाढा रहेको एक ग्रहको सतहमा पानी हुन सक्ने जेम्स वेब स्पेस टेलिस्कोपबाट प्राप्त नयाँ तथ्यहरूले देखाएको छ । विश्वकै सबैभन्दा विकसित मानिने उक्त स्पेस अबजरभेटरीले ‘एक्सोप्लानेट के२–१८ बी’ मा पानी र जीवन पाउने मुख्य विशेषताहरु हुनसक्ने खुलासा गरेको हो ।

के२–१८ नामक ‘कूल ड्वार्फ’ तारालाई नजिकबाट परिक्रममा गरिरहेको उक्त ग्रह ताराको ‘गोल्डीलक्स’ (जीवनयोग्य) क्षेत्रभित्र पर्ने तथा पृथ्वीभन्दा ८.६ गुणा ठुलो रहेको छ । टेलिस्कोपबाट गरिएको अध्ययनबाट ग्रहमा मिथेन र कार्बोन डायोअक्साइडको ठुलो मात्रा रहेको बताइएको छ ।


अमोनियाको कमीसहित कार्बन रहेको अणुहरूले त्यहाँको वायुमण्डलमा हाइड्रोजनको ठुलो मात्रा र समुद्री जीवन रहेको सङ्केत गर्ने नासाको नयाँ विज्ञप्तिमा जनाइएको छ । कार्बनलाई पृथ्वीमा जीवनको आधारभूत तत्त्व मानिन्छ । हबल स्पेस टेलिस्कोपले सबैभन्दा पहिले गृहको वायुमण्डलमा पानीको बाफ फेला पारेको थियो । सन् २०१९ को सेप्टेम्बरमा प्रकाशित उक्त अध्ययन रिपोर्टले के २–१८ बी बारे थप अध्ययन गर्न वैज्ञानिकहरूलाई सहयोग गरेको थियो ।

त्यसपछि मानिसको आँखाले देख्न नसक्ने इन्फ्रारेड प्रकाशलाई समेत पत्ता लगाउन सक्ने वेब टेलिस्कोपले त्यहाँको वायुमण्डलमा के–के तत्त्व रहेको छ भन्ने खोजी गरेको थियो । पछिल्लो अध्ययनबाट उक्त ग्रहमा ‘डिमिथायल सल्फाइड’ (डीएमएस) नामक विशेष अणुसमेत रहेको हुन सक्ने देखिएको छ । नासाका अनुसार पृथ्वीमा जीवित वस्तुबाट मात्र डिमिथायल सल्फाइड निर्माण हुन्छ । पृथ्वीको वायुमण्डलमा रहेको डीएमएस पानीमा पाइने फाइटोप्ल्याङ्टनबाट निष्कासित हुने गर्दछ ।

यद्यपि, उक्त ग्रहमा ‘एलियन जीवन’ रहेको शोधकर्ताहरूले ठोकुवा भने गरेका होइनन् । क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापक रहेका खगोलशास्त्री निकु मधुसूदनका अनुसार डीएमएस त्यहाँ रहे–नरहेको पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको छ । त्यहाँ डीएमएस रहेको पुष्टि भयो भने पनि त्यसको अर्थ त्यहाँ जीवन छ नै भन्ने ठ्याक्कै प्रमाणित हुँदैन । यद्यपि, यसले ग्रहहरूबारे थप अध्ययन गर्न भने मद्दत मिल्नेछ । –सीएनएन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’