२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

काठमाडौँका मेयर बालेन शाह ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा परे

२०८०, २८ भाद्र बिहीबार ०३:४०

भदौ २८, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह' बालेन' विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा परेका छन् । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूची सार्वजनिक गर्दा त्यसमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि समावेश भएका हुन् ।


म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गरेको हो । स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । जसमा बालेन शाहको बारेमा लेख्दै टाइम म्यागजिनले बालेन कसरी मेयर बने भन्ने उल्लेख गरेको छ । साथै कसरी चर्चामा आए  भन्ने कुरा पनि उल्लेख छ । 

 वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न सार्वजनिक थालेको हो ।  

द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल समेत प्रकाशित गरेको थियो । टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा आफ्नो लेखमा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको म्यागजिनमा उल्लेख छ ।

सामाजिक संजालको उच्चतम प्रयोगको कारण स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले दिग्गज राजनीतिज्ञहरूमाथि विजय हासिल गरेको म्यागजिनमा उल्लेख छ । बालेन शाहको चर्चा गर्दै म्यागजिनले लेखेको छ 'मेयर भएर आएपछि शाहले ल्यान्डफिल साइटहरू प्रयोग गर्न अधिकारीहरूसँग सम्झौताहरूमा हस्ताक्षर गरेका छन् साथै फोहोरहरू छुट्ट्याउने र विसर्जन गर्ने योजनाहरू घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी