४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लिबियाको बाढीमा २० हजार मानिसको मृत्यु भएको आकलन

२८ भाद्र २०८०, बिहीबार ०७:००

भदौ २८, त्रिपोली | लिबियाको उत्तरपूर्वी तटीय शहर डेर्नामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार २ सय पुगेको छ।

बुधबारसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको र मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

ग्रीस, टर्की र बुल्गेरिया हुँदै लिबिया पुगेको डेनियल नामको सामुद्रिक आँधीका कारण लगातार वर्षा भएपछि डेर्नाका दुई वटा बाँध फुटेका थिए। बाँध फुटेपछि आएको बाढीले तटीय शहर डेर्ना तहसनहस पारेको हो। 


सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बाढीले तहसनहस भएको डेर्ना शहरका दृश्यहरू सार्वजनिक गरेका छन्। बाढीका कारण शहर खण्डहरमा परिणत भएको छ ।

भग्नावशेषभित्र अझै पनि हजारौंको संख्यामा मानिसहरूका शव हुनसक्ने अनुमान गरिएको छ। डेर्नाका मेयर अब्दुलमेनम अथ धैथीले मृतकको संख्या २० हजार पुग्नसक्ने बताएको अल अरबिया टेलिभिजनलाई उदृध गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

बाढीमा अझै १० हजार मानिसहरू बेपत्ता छन्। अस्पतालहरू घाइतेले भरिएका छन्। बाढीले कारण ३० हजार नागरिक विस्थापित भएका छन्। 

करिब १ लाख मानिसहरूको बसोबास भएको डेर्नामा बाँध फुटेपछि भएको मानवीय क्षतिको यकिन विवरण आउन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ।  

बाढीका कारण सडक सम्पर्क टुटेपछि उद्दारमा पनि कठिनाइ भएको बताइएको छ।

डेर्ना सिटी काउन्सिलले अवस्था निकै विनाशकारी भएकाले सहयोगका लागि अपिल गरेको छ। अधिकारीहरूले पूर्वी लिबियाको मुख्य सहर बेंगाजी नजिकको बाँध पनि फुट्ने अवस्थामा रहेकाले यसलाई सुरक्षित बनाउनुपर्ने बताएका छन्।

वर्षौंको गृहयुद्ध र तीव्र राजनीतिक र क्षेत्रीय विभाजनबाट ध्रुवीकृत उत्तर अफ्रिकी राष्ट्र, लिबिया आँधीको सामना गर्न तयार नरहेको अधिकारीहरूले बताएका छन्।

राजनीतिक अराजकताका कारण लिबिया पूर्वाधार विकासमा पनि पछि परेको छ।

तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको संख्या ठूलो छ। सामुद्रिक आँधीबारे सरकारले पूर्वजानकारी नगराएको र बाँधको निरीक्षण नगरेको, नागरिकहरूलाई सचेत नगराइएको, जोखिमपुर्ण क्षेत्रका बसोवास गर्नेहरूलाई स्थानान्तरण नगरेकाले ठूलो संख्यामा मानवीय क्षति व्यहोरेको अधिकारीहरूले बताएका छन्।

सामुद्रिक आँधी ग्रीस,टर्की, बुल्गेरिया हुँदै लिबिया पुगेको थियो। लिबियाबाहेक अन्य देशमा पूर्वसतर्कता अपनाइएकाले ठूलो क्षति नभएको अधिकारीहरू बताउँछन्।

बाढीले डेर्ना शहर तहसनहस भएपछि लिबियालाई विभिन्न देशहरूले सहयोग पठाइरहेका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’