२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लिबियाको बाढीमा २० हजार मानिसको मृत्यु भएको आकलन

२०८०, २८ भाद्र बिहीबार ०७:००

भदौ २८, त्रिपोली | लिबियाको उत्तरपूर्वी तटीय शहर डेर्नामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार २ सय पुगेको छ।

बुधबारसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको र मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

ग्रीस, टर्की र बुल्गेरिया हुँदै लिबिया पुगेको डेनियल नामको सामुद्रिक आँधीका कारण लगातार वर्षा भएपछि डेर्नाका दुई वटा बाँध फुटेका थिए। बाँध फुटेपछि आएको बाढीले तटीय शहर डेर्ना तहसनहस पारेको हो। 


सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बाढीले तहसनहस भएको डेर्ना शहरका दृश्यहरू सार्वजनिक गरेका छन्। बाढीका कारण शहर खण्डहरमा परिणत भएको छ ।

भग्नावशेषभित्र अझै पनि हजारौंको संख्यामा मानिसहरूका शव हुनसक्ने अनुमान गरिएको छ। डेर्नाका मेयर अब्दुलमेनम अथ धैथीले मृतकको संख्या २० हजार पुग्नसक्ने बताएको अल अरबिया टेलिभिजनलाई उदृध गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

बाढीमा अझै १० हजार मानिसहरू बेपत्ता छन्। अस्पतालहरू घाइतेले भरिएका छन्। बाढीले कारण ३० हजार नागरिक विस्थापित भएका छन्। 

करिब १ लाख मानिसहरूको बसोबास भएको डेर्नामा बाँध फुटेपछि भएको मानवीय क्षतिको यकिन विवरण आउन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ।  

बाढीका कारण सडक सम्पर्क टुटेपछि उद्दारमा पनि कठिनाइ भएको बताइएको छ।

डेर्ना सिटी काउन्सिलले अवस्था निकै विनाशकारी भएकाले सहयोगका लागि अपिल गरेको छ। अधिकारीहरूले पूर्वी लिबियाको मुख्य सहर बेंगाजी नजिकको बाँध पनि फुट्ने अवस्थामा रहेकाले यसलाई सुरक्षित बनाउनुपर्ने बताएका छन्।

वर्षौंको गृहयुद्ध र तीव्र राजनीतिक र क्षेत्रीय विभाजनबाट ध्रुवीकृत उत्तर अफ्रिकी राष्ट्र, लिबिया आँधीको सामना गर्न तयार नरहेको अधिकारीहरूले बताएका छन्।

राजनीतिक अराजकताका कारण लिबिया पूर्वाधार विकासमा पनि पछि परेको छ।

तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको संख्या ठूलो छ। सामुद्रिक आँधीबारे सरकारले पूर्वजानकारी नगराएको र बाँधको निरीक्षण नगरेको, नागरिकहरूलाई सचेत नगराइएको, जोखिमपुर्ण क्षेत्रका बसोवास गर्नेहरूलाई स्थानान्तरण नगरेकाले ठूलो संख्यामा मानवीय क्षति व्यहोरेको अधिकारीहरूले बताएका छन्।

सामुद्रिक आँधी ग्रीस,टर्की, बुल्गेरिया हुँदै लिबिया पुगेको थियो। लिबियाबाहेक अन्य देशमा पूर्वसतर्कता अपनाइएकाले ठूलो क्षति नभएको अधिकारीहरू बताउँछन्।

बाढीले डेर्ना शहर तहसनहस भएपछि लिबियालाई विभिन्न देशहरूले सहयोग पठाइरहेका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी