२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उडेको दुई घण्टामा एक यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण !

२०८०, २४ भाद्र आईतवार ०७:०८

एजेन्सी | कुनै एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न गराएका थिए ।

गत शुक्रबार राति अमेरिकाको एटलान्टाबाट स्पेनको बार्सिलोनाका लागि उडान भरेको उक्त जहाज उडेको दुई घण्टापछि एक यात्रुलाई चरम रुपमा पखाला लागेसँगै पाइलटले सो जहाजलाई एटलान्टा विमानस्थलमै फिर्ता ल्याएर अवतरण गराएका थिए ।


उक्त जहाजका पाइलट तथा विमानस्थलका एटिसीबीच भएको कुराकानीको एक अंश ट्वीटरमा शेयर गरिएको छ । उक्त कुराकानी अनुसार जहाजमा कुनै प्राविधिक समस्या भएर नभई एक यात्रुको स्वास्थ्य समस्याका कारण जहाज युटर्न गरिएको थियो ।

पाइलटले उक्त आपतकालीन अवस्थालाई बायो हजार्डको विषय भएको बताएका छन् । पाइलटले भनेका छन्, ‘हामीसँग एकजना यात्रु थिए जसलाई जहाजमै पखाला चल्यो । त्यसैले उनले हामीलाई एटलान्टामै फिर्ता छाड्नका लागि अनुरोध गरे ।’

रिपोर्ट अनुसार अन्य सबै यात्रु तथा चालक दलका सदस्यहरुलाई दोस्रो उडानमा स्थानान्तरण गरियो ।

विमान फर्किएसँगै त्यसको पूर्ण सरसफाइँ गरिएको थियो । सबै बन्दोवस्त मिलाएर उक्त जहाज पुनः उडाउनका लागि ८ घण्टाको समय लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा