४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा निपा भाइरसको त्रास, दुई जनाको मृत्यु

२८ भाद्र २०८०, बिहीबार ०९:४४

भदौ २८, कठमाडौं | भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु गरिएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले राज्यको कोझीकोडे जिल्लामा सङ्क्रमण देखिएको बताउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउनुका साथै स्वास्थ्य विभागको सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरेका छन् ।

सन् २०१८ पछि राज्यमा भाइरसको सङ्क्रमण देखिएको यो चौथो पटक हो । यसबाट दुई जनाको मृत्यु भएको जानकारी दिँदै मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी डराउनु पर्दैन तर यो अवस्थालाई सावधानीका साथ सामना गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जनवारबाट मानिसमा सर्ने गर्दछ । तर, दूषित खाना वा मानिसबाट मानिसमा पनि सर्न सक्ने बताइएको छ । सामान्य टाउको दुखाई र थकानबाट यसको लक्षण सुरु हुने र केही दिनको अन्तरमा नै मानिस कोमामा पुग्ने यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

यसको सङ्क्रमणबाट श्वासप्रश्वासमा समस्या हुन्छ जहाँ हाम्रो फोक्सोले पर्याप्त अक्सिजन पाउँदैन । त्यसपछि घातक इन्सेफलाइटिस हुन्छ जहाँ मस्तिष्कमा असर पुग्दछ । हालसम्म यसको कुनै खोप छैन र यसको उपचार सहायक देखभालमा सीमित रहेको छ ।

केरलामा मृत्यु भएकाहरूको ७ सय सयजना भन्दा बढीसँग सम्पर्क रहेको देखिएको छ । उनीहरूको परीक्षण भइरहेको स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिएकी छन् । यसमध्ये ७७ जना उच्च ‘जोखिम’ मा रहेका छन् ।

सबैलाई घरमा बसेर आफ्नो स्वास्थ्य अवस्थालाई मूल्यांकन गर्न भनिएको छ । सो क्षेत्रका विद्यालय बन्द गर्दै सात वटा गाउँलाई ‘नियन्त्रण क्षेत्र’ घोषणा गरिएको रोयटर्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’