२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिकाले गत बर्ष इन्धनमै सक्यो ६८ लाख ? (खर्च विवरण सहित)

७ आश्विन २०८०, आईतवार १४:५३

अनिल अधिकारी । असोज ७, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाले गत आर्थिक बर्षको एक बर्ष भरीमा इन्धनमा मात्रै खर्च गरेको ६७ लाख ७४ हजार ७४७.३८ रुपयाँ रकमलाई लिएर चौतर्फी आलोचना भएको छ । हरेक महिना ५ लाख भन्दा बढी इन्धनमै खर्च देखाउने पालिकाले के-के प्रयोजनमा यतिका धेरै इन्धन खर्चिएको भन्ने कुराको विवरण प्राप्त भएको छ । 


अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा ज्वालामुखी गाउँपालिकाले इन्धनमा देखाएको कुल खर्च करिब ४८ लाख ८७ हजार २२४.४१ रहेको थियो । गत आर्थिक बर्षमा भने अघिल्लो आर्थिक बर्षको तुलनामा सोहि प्रयोजनमा पहिले भन्दा झन्डै १९ लाख बढीको इन्धन खर्च भएको देखाइएको छ । यसै सम्बन्धमा गाउँपालिकालाई यतिका धेरै इन्धन कसरी खपत भयो भन्ने प्रश्नमा पालिका स्रोतबाट पाएको हिसाव विवरण यस प्रकारको छ । 

जेसिबी प्रयोमा २१ लाख ९२ हजार 

ज्वालामुखी गाउँपालिकाले गत आर्थिक बर्षमा १६१२ घण्टा जेसिबी प्रयोग गरेर सडक खनेको कारण अघिल्लो बर्षको तुलनामा बढी इन्धन खपत भएको दावी गरेको छ । पालिकाकै दावीलाई मान्ने हो भने पालिकाले हरेक दिन ८ घण्टाको दरले जेसिबि प्रयोग गरेको भए पनि २०० दिन भन्दा बढी सडक मात्र खनेको बुझ्न सकिन्छ । जसको खर्च २१ लाख ९२ हजार ३२० रहेको छ । पालिका प्रमुख दनैका अनुसार यो आर्थिक बर्ष जेसिबीको प्रयोगले सोहि इन्धन प्रयोग गरेर करिव ९ लाख रुपयाँ पालिकालाई आम्दानी पनि भएको छ । पालिकाले इन्धनमा गरेको कुल खर्चमा ९ लाख आम्दानी घट्ने उनले बताए । दनैका अनुसार गत आर्थिक बर्षमा पालिकाले जेसिबीको प्रयोगबाट अघिल्लो बर्ष नगरेका मुख्य सडक मर्मतका साथै सबै वडाका बाटोको नाला खन्ने काम गरेको र नियमित सडक सफा गर्ने काम गरेको कारण खर्च बढेको बताए । 

गाडी प्रयोगमा २२ लाख ९२ हजार

ज्वालामुखी गाउँपालिकामा २ ओटा गाडी प्रयोगमा छन् । पालिकाले दिएको विवरणमा अनुगमनको क्रममा भएको खर्चलाई छुट्टै शिर्षक दिईएको छ । जुन गाडीकै इन्धन खर्च हुन् । पालिकाबाट प्राप्त विवरण अनुसार  ति गाडीले एकै बर्षमा १३,४५० लिटर इन्धन खपत गरेका छन् । प्राप्त विवरण अनुसारनै हिसाव गर्ने हो भने पालिकाका ति गाडीले औशतमा हरेक महिना १ हजार १२३ लिटर इन्धन खपत गरेका छन् । त्यसै हिसावमा दुई वटा गाडीको प्रयोगले प्रति महिना एक लाख ९१ हजार रुपयाँ बराबरको इन्धन खर्च भएको छ । सामान्य हिसाव गर्ने हो भने यदि एउटा गाडीले प्रति लिटर कम्तिमा ५ किलोमिटर मात्र माइलेज दिन्छ भने पनि पालिकाका यी सवारीको इन्धन खर्च अनुसार दैनिक यी दुई गाडीहरुले ३६.९३ लिटर इन्धन खपत गरेको देखाइएको छ । पालिकाबाट प्राप्त विवरण अनुसार अनुगमनको क्रममा ६ लाख ६० हजार ४५० रुपयाँ बराबरको इन्धन खपत भएको छ भने अन्य अवस्थामा यी दुई गाडीले १६ लाख ३२ हजारको इन्धन खपत गरेका छन् । 

मोटरसाइकल प्रयोगमा २२ लाख ८९ हजार 

गाउँपालिकाभर ३२ वटा मोटरसाइकलले पालिकाबाट इन्धन हाल्न पाउँछन् । बर्षभरीमा ३२ ओटा मोटरसाइकलले करिब २२ लाख ८९ हजारको इन्धन खपत गरेको हिसाव देखाइएको छ । यस अनुसार हिसाव गर्ने हो भने एकै मोटरसाइकलले प्रति महिना ६ हजारको इन्धन खपत गरेको देखिन्छ । पालिकाले २६ वटा मोटरसाइकललाई मासिक ३५ लिटरका दरले र ६ वटालाई मासिक २५ लिटरको दरले इन्धन दिने क्रममा बर्षभरी २२ लाख ८९ हजारको इन्धन खर्च भएको जनाएको छ ।


कसरी आयो यत्रो खर्च ? 

स्रोतका अनुसार पालिकाले कार्यपालिकाका केहि सदस्यहरुलाई समेत इन्धन भर्ने कुपन वितरण गरेको, कुपन वितरणमा मितव्ययीता नअपनाईएको, वडा सदस्य समेतलाई पनि इन्धन कुपन दिएको, पालिका प्रमुख र उपप्रमुखले चढ्ने गाडी कर्मचारीहरुले पनि अधिक प्रयोग गर्ने गरेको कारण बिबिध कारण इन्धन खपत बढेको बताइएको छ । यसै सम्बन्धमा गाउँपालिकाका उपप्रमुख धर्म अर्यालले इन्धन खपत कम गर्न प्रयास गरेपनि व्यवहारमा खपत बढेको स्वीकारे । उनका अनुसार अनुगमनको क्रममा ४ सय भन्दा बढी योजनाको अनुगमनमा जाँदा इन्धनको खपत भएको छ । त्यस्तै पालिकालाई आवश्यक पर्ने सामान ओसारपसारमा पनि पालिकाले आफ्नै गाडीको प्रयोग गरेको छ ।

उपप्रमुख अर्याल भन्छन् 'कसरी त्यत्रो इन्धन खपत भयो भन्ने कुरा प्राविधिक कुरा म जान्दिन तर मैले अनुगमनमा जाँदा बाहेक अन्य अवस्थामा त्यति धेरै गाडीको प्रयोग गर्ने गरेको छैन । पालिका आफ्नै वडामा भएको हुँदा हिडेरै जाने आउने समेत गरेको छु ।' अर्यालले इन्धनको खपत बढी भएको सम्बन्धमा पालिकाको बैठकमा छलफल गरि घटाउनको लागि बिभिन्न मापदण्ड बनाउन पर्ने बताए । 

यसै सम्बन्धमा गाउँपालिका प्रमुख यमनाथ दनैले आफ्नो व्यक्तिगत सवारी समेत रहेको कारण आफूले गाउँपालिकाको गाडी सरकारी प्रयोजनको लागि मात्र चढ्ने गरेको बताए । उनले इन्धन खपत बढी भएको भन्ने बिषयमा समिक्षा गरि थप मापदण्ड बनाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन