2026-07-06 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका

काठमाडौँ | पार्टी सभापति रवि लामिछानेलाई सरकारले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले विपक्षी दलहरूको बैठकमा गुनासो गरेका छन् ।

शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा रास्वपाको नेताहरुले सरकारले लामिछानेलाई पक्राउ गर्न खोजिरहेको चर्चा गरे । बैठकमा रास्वपाका तर्फबाट ६ जना नेताहरु उपस्थित थिए ।


राजनीतिक पूर्वाग्रह राखेर पार्टी सभापतिलाई पक्राउ गर्न खोजिएको भन्दै गुनासो गरेका बैठकमा सहभागी नेताहरूले बताए ।

बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा रवि लामिछानेबारे समेत छलफल भएको चर्चा भएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निष्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘सभापतिजी अनुसन्धानमा सघाउन तयार हुनुहुन्छ । तर सरकारले पूर्वाग्रही ढङ्गबाट पक्राउ गर्न खोजेको छ । समात्न दाउ कुरिरहेको छ ।’

शुक्रबारको बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्नेबारे छलफल समेत भएको छ । बैठक आह्वानकर्ता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा