चैत ६, काठमाडौँ | स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउन गठबन्धनका दललाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको पक्षमा बोल्दै सिंहले उक्त आग्रह गरेका हुन्।
‘प्रधानमन्त्रीलाई मेरो समर्थन रहने छ। साथ–साथै उहाँलाई सहयोग गर्ने दलले बाचा गरिदिउँ कि ५ वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल जी नै हुनुहुन्छ। जसले देशलाई स्थायित्व हुन्छ,’ सिंहले भने।