२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाललाई १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, विश्व बैंकले सबैभन्दा धेरै दिने, अरुले कति ?

२०७९, ७ चैत्र मंगलवार ११:२७

चैत ७, काठमाडौँ | सरकारले यो वर्ष १ खर्ब ३८ अर्बको वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता पाएको अर्थमन्त्रालय अन्र्तराष्ट्रिय आर्थिक समन्वय महाशाखाले जनाएको छ ।

अर्थमन्त्रालयको सार्वजनिक गरेको चैत २ गतेसम्मको तथ्यांक अनुसार ऋणको प्रतिवद्धता बढी छ । १ खर्ब १४ अर्ब ऋण सहायता र २४ अर्ब ५६ करोड रुपैयाँ अनुदान सहायताका लागि प्रतिवद्धता आएको छ ।

अन्तर्राष्ट्रिय दाताहरुमा सबैभन्दा ठुलो रकमको प्रतिबद्धता विश्व बैंकले जनाएको छ । यद्यपी, विश्व बैंकले दिने सबै ऋण सहायताको प्रतिबद्धता हो । यस्तै एशियाली विकास बैंकको पनि ऋणको हिस्सा धेरै छ भने यसले अनुदान समेत दिने प्रतिवद्धता जनाएको छ ।

कोरिया, बेलायत, युरोपियन युनियन, फिनल्याण्ड स्विजरल्याण्ड लगायतले अनुदान सहायताको लागि प्रतिवद्धता जनाएका छन् ।

एशियाली विकास बैंकबाट ३५ अर्ब ८७ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । यसमा १ अर्ब ५७ करोड रुपैयाँ भने अनुदान हो । एडीबीले परियोजना प्रणालीको सुदृढीकरण र महिला उत्थानका लागि अनुदान दिने प्रतिबद्धता जनाएको हो ।

१६ अर्ब ५५ करोड रुपैयाँ जापानको जाइकाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसमा १४ अर्ब २० करोड ऋण सहायता हो भने बाँकी अनुदान सहायता हो । यसले मानव संसाधन परियोजना विकास, तराइको सिँचाइ प्रणाली सुधार र शहरी प्रसारण वित्तरण प्रणाली सुधारका लागि यो सहायता दिने प्रतिवद्धता जनाएको हो ।

विश्व बैंकबाट ६५ अर्ब ५० करोड ऋण सहायता दिने प्रतिवद्धता पाएको छ । विश्व बैंकले अनुदान सहायताका लािग प्रतिवद्धता जनाएको छैन । उसले दिने सबै ऋण सहायता हो । हरियाली तथा समावेशी विकास, नेपालको क्षेत्रीय विकास र डिजिटल नेपालको विकासका लागि यो ऋण सहायता दिने विश्व बैंकले जनाएको छ ।


कोरियाले कोइकामार्फत २ अर्ब अनुदान दिने प्रतिवद्धता जनाएको छ । बेलायतले ६ अर्ब ७० करोड अनुदान दिने भएको छ । युरोपियन युनियनले ३ अर्ब ३७ करोड रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाएको छ । त्यस्तै, फिनल्याण्डबाट २ अर्ब ५४ करोड, नर्वेबाट २ अर्ब ५७ करोड रुपैयाँ र स्विजरल्याण्डबाट ९९ करोड १ लाख रुपैयाँ अनुदान सहायता प्रतिवद्धता आएको छ ।

सरकारले पाउने प्रतिवद्धता एउटा भएपनि वास्तविक रकम भने फरक हुने गरेको छ । अन्र्तराष्ट्रिय दाताहरुले पाँच वर्षभित्र ददिने गरी प्रतिवद्धता जनाउँने गरेको र रकम किस्ता किस्तामा आउँदा प्रतिवद्धता र वास्तविक रकमविच ग्याप हुने अर्थमन्त्रालय अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा