२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

२०७९, १५ चैत्र बुधबार १६:१३

चैत १५, कंचनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ ।

नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताउनुभयो । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उहाँले भन्नुभयो, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।” 

अस्पताल निर्माणपछि यहाँका नागरिकले घर आँगनमै स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ । आगामी असारमा निर्माण सम्पन्न सक्ने गरी केएस जेबी बाशुलिङ मित्र जेबीसँग रु १० करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले सङ्घीय सरकारको कार्यक्रमअनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाउने योजनाअनुरूप अस्पताल निर्माण भइरहेको बताउनुभयो । “अस्पताल निर्माण भइसकेपछि कम्तीमा दुई विशेषज्ञ चिकित्सक बस्ने प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य सेवा पाइरहेका छन ।” उहाँले दोधारा चाँदनीमा अहिले गैरसरकारी संस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा