2026-08-22 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व धनी सूची: विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

चैत २२, काठमाडौं | अर्बपति विनोद चौधरीको  एक अर्ब ८० करोड डलर पुगेको छ।

फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको सूची सार्वजनिक गरेको छ।  फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो। फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७ औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्।

अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्। यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए। फोर्ब्स म्यागजिनका अनुसार एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहेको जनाइएको छ। सन् २०२२ मा पहिलो नम्बरमा रहेका एलन मस्क यसपल्ट दोस्रोमा झरेका छन्। उनीसँग १८० अर्ब डलर सम्पत्ति रहेको छ।

सन् २०२१ मा २१९ अर्ब डलर रहेका उनले यस वर्ष घाटा व्यहोरेका हुन्। अमेरिकाका जेफ बेजोस तेस्रो नम्बरमा पुगेका छन्। प्रविधिमा लगानी रहेका उनले पनि यसवर्ष हानी व्यहोरेका छन्। 

यसैगरी चौथो नम्बरमा जेप बेजोन्स रहेका छन्। उनीसँग १०७ अर्ब डलर सम्पति रहेको छ। पाँचौंमा वारेन बफेट १०६ अर्ब डलर, छैटौं बिल गेट्स १०४, सातौं माइकल ब्लुमबर्ग ९४.५ अर्ब, आठौं कार्लोस स्लिम हेलु र परिवार ९३ अर्ब, नवौं भारतीय व्यवसायी मुकेश अम्बानी ८३.४ अर्ब र दशौंमा स्टेभ बालमेर ८०.७ अर्ब सम्पत्तिसहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो