३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

३० चैत्र २०७९, बिहीबार १०:१०

चैत ३०, काठमाडौँ | नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् ।  

कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् । 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड