पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख ३, काठमाडौँ | </b>भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइतबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको छ । निगमले यसअघि मूल्य घटेर आउँदा पेट्रोल प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल १० रुपैयाँले घटाएको थियो । <br></p><p>हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप आइतबार पठाएको मूल्य बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेको छ । विगत १ महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल १५ डलर हाराहारीमा बढेको छ । </p>

