२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

किन गएन एमाले सांसद लक्ष्मी महतो कोइरीको पद ?

२०८०, १४ बैशाख बिहीबार ०९:१५

वैशाख १४, काठमाडौँ | मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न उठाइन् ।  उनले नेपालको संविधान २०७२ को धारा ८९ (घ) मा कुनै पनि सांसद १० वटाभन्दा बढी बैठकमा बिना जानकारी उपस्थित नभएमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको लक्ष्मी महतो कोइरीले सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन वा जानकारी नगराई ? यदि जानकारी नगराई बैठकमा नआएको भए कोइरीलाई अहिलेसम्म किन कारबाही गरिएन ? भन्दै सभामुखसँग जानकारी मागेकी थिइन् ।  तर सभामा सभामुखले सदनमा यसबारे जानकारी गराएनन् । 

केही दिनअघि संचारकर्मीसँगको कुराकानीमा सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो र कांग्रेस सांसद टेकबहादुर गुरुङले सूचना गराइरहेको बताएका थिए । 

संविधानको धारा ८९ को (घ) मा सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद जाने व्यवस्था रहेको छ । सांसदले बैठकमा उपस्थित नहुने हो भने सभामुखलाई पूर्व सूचना दिनुपर्ने हुन्छ ।   संसद्मा कुन कुन सांसदले बिना सूचना कति पटक संसद् बैठकमा उपस्थित भएनन् र सूचना दिएर को कतिपटक उपस्थित भएनन् भनेर संसद् अधिवेशनको अन्तिम बैठकमा एकमुष्ट जानकारी गराउने  प्रचलन रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 

गत पुस ७ गते नवनिर्वाचित सांसदहरूको शपथको क्रममा लक्ष्मी महतो कोइरीले संसद् भवनमा पुगेर शपथ लिएका थिए भने दोस्रो पटक माघ २७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र सभामुखको निर्वाचनको दिन पनि उनी संसद् भवनमा पुगेका थिए । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा उनी पक्राउ नपर्नुको कारण तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग मागेपछि उनी फरार रहँदै आएका छन् । 

उनी महोत्तरी क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका थिए ।  महतोमाथि ७ वर्षअघि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका सई थमन विकको हत्या अभियोग लागेको छ । -रातोपाटी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना