२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा टिसर्ट र जिन्स लगाउन नदिनु रास्वपामाथिको रणनीतिक हमला हो : सुमना श्रेष्ठ

२०८०, १ जेष्ठ सोमबार ०९:४७

जेठ १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले पोशाकको विषय उठाएर नयाँ पुस्तालाई निरुत्साहित गर्न खोजेको बताएकी छन् ।

प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको बैठकले संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध लगाउने र सांसदले लोगो अनिवार्य लगाउनुपर्ने निर्णय आइतबार गरेको छ ।


उनले संसद्‍मा लगाउने पोसाकको मर्यादा तोक्नु रास्वपामाथिको रणनीतिक हमला भएको टिप्पणी गर्दै रास्वपाले त्यसको विरोध गर्ने बताइन् । सांसद श्रेष्ठले भनिन्, ‘हरेक परिवर्तनको सुरुवातमा सत्तामा रहेका शासकहरुले परिवर्तनको मसाल बोक्नेहरुलाई दबाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरू, नानाथरी नाम बोलाउने र धेरैथरी देखावटी प्रगतिशील देखावटी शब्दहरु प्रयोग गरेर समाजलाई विचलित गर्ने गरिन्छ । टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाउने सबैलाई विश्वस्त पार्न चाहन्छु, हामी सही बाटोमा छौँ ।’

‘चाकडीबाजबाट टाढिएर, पहिरनमा हैन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अघि बढ्न खोज्ने नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ', सांसद श्रेष्ठले अगाडि भनिन्, 'सचेत रहनुहोस्, तपाईंले हामीलाई रोक्न सक्नुहुन्न सक्दै त सक्नुहुन्न । जवाफ माग्न छोड्ने छैनौँ, नयाँ पुस्ताको देखिने गरी प्रस्तुति गर्न बन्द गर्ने छैर्नौँ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो