१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा टिसर्ट र जिन्स लगाउन नदिनु रास्वपामाथिको रणनीतिक हमला हो : सुमना श्रेष्ठ

१ जेष्ठ २०८०, सोमबार ०९:४७

जेठ १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले पोशाकको विषय उठाएर नयाँ पुस्तालाई निरुत्साहित गर्न खोजेको बताएकी छन् ।

प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको बैठकले संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध लगाउने र सांसदले लोगो अनिवार्य लगाउनुपर्ने निर्णय आइतबार गरेको छ ।


उनले संसद्‍मा लगाउने पोसाकको मर्यादा तोक्नु रास्वपामाथिको रणनीतिक हमला भएको टिप्पणी गर्दै रास्वपाले त्यसको विरोध गर्ने बताइन् । सांसद श्रेष्ठले भनिन्, ‘हरेक परिवर्तनको सुरुवातमा सत्तामा रहेका शासकहरुले परिवर्तनको मसाल बोक्नेहरुलाई दबाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरू, नानाथरी नाम बोलाउने र धेरैथरी देखावटी प्रगतिशील देखावटी शब्दहरु प्रयोग गरेर समाजलाई विचलित गर्ने गरिन्छ । टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाउने सबैलाई विश्वस्त पार्न चाहन्छु, हामी सही बाटोमा छौँ ।’

‘चाकडीबाजबाट टाढिएर, पहिरनमा हैन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अघि बढ्न खोज्ने नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ', सांसद श्रेष्ठले अगाडि भनिन्, 'सचेत रहनुहोस्, तपाईंले हामीलाई रोक्न सक्नुहुन्न सक्दै त सक्नुहुन्न । जवाफ माग्न छोड्ने छैनौँ, नयाँ पुस्ताको देखिने गरी प्रस्तुति गर्न बन्द गर्ने छैर्नौँ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण