१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अग्नि सापकोटाको आरोप- १४ सांसदको सूचनाको टाँस नगरेपछि ओलीले निरन्तर आक्रमणको प्रयास गरिरहे

१ जेष्ठ २०८०, सोमबार ११:१९

जेठ १, काठमाडौं | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीलाई पुनर्गठन र समीक्षा गरेर जनताको विश्वास आर्जन गरेपछि कसैले हामीलाई परास्त नसक्ने बताएका छन् ।

अखिल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीलाई दुई तिहाई मत जनताले दिएका थिए तर, हामीले जोगाउन सकेनौं । एकअर्कालाई दोष दिन त सकिएला तर, हाम्रो पनि कमजोरी छ। युग अनुसारको कार्यदिशा निर्माण गरेर अघि बढ्न हाम्रो कमजोरी भएको छ ।’

कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्दा युग अनुसारको कार्यदिशा निर्माण गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मैले तीन बर्षसम्म नेपालको तीन अंगमध्ये एउटाको नेतृत्व गरे । मैले वासिन्टङ डिसिलाई जे बुझे, मैले दिल्ली र बेजिङलाई जे बुझे त्यसको आधारमा म भन्दैछु हामी एक भयौं भने कसैको तागतले् हामीलाई परास्त गर्न सक्दैन ।’

पूर्वसभामुख समेत रहेका सापकोटालाई एकै वर्षमा दुई-दुई पटक संसद विघटन मुर्खहरुले गरेपनि पुनर्स्थापनासँगै विजय प्राप्त गरेको बताए । सापकोटा सभामुख हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेपनि सर्वोच्च अदालतले पुनर्स्थापना गरेको थियो ।

उनले १४ सांसदमाथि कारवाहीको सूचना टाँस नगरेपछि ओलीले जहाँ भेट्यो त्यही हमलाको प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘ममाथि बुटवलमा आक्रमण गर्ने प्रयास गरे, धुलिखेलमा आक्रमणको प्रयास गरे, सिन्धुपाल्चोकमै प्रयास गरेपनि मेरो गृहजिल्ला भएकाले निष्कनै सकेनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण