१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरौं : ज्ञानेन्द्र शाही

१ जेष्ठ २०८०, सोमबार ११:३६

जेठ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले भ्रष्टाचारका आरोपित नै सडकमा विगत ३४ बर्षदेखि यस्तै प्राक्टिस हुँदै आएको बताए । 


अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न छन् । यो अहिले मात्रै होइन ३४ वर्षदेखि यस्तो प्राक्टिस भइहरेको छ’, शाहीको भनाइ छ । 

शाहीले भ्रष्टाचारका विरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताए ।  उनले भ्रष्टाचारविरुद्ध कानुन बन्दै गर्दा ५ बर्षको हदवन्दी राख्न लागिएकोमा आपत्ति जनाए । शाहीले सडकमा नभई सदनबाट मुलुकका ठुलठुला भ्रष्टाचारका काण्डहरु ३३ केजी सुन, महराको टेप काण्ड, चमेलिया, लाउडा, चेज एयर, ओम्नी, यति, लडाकुका नाममा भएको भ्रष्टाचार, नेपाल ट्रष्ट लगायतका काण्डमा लड्ने हो पार्टी, पंक्ति र सिद्धान्त र दलभन्दा माथि उठेर कानुन बनाउन तयार हो भन्दै उनले प्रश्न गरे । 

‘हुनुहुन्छ भने हेर्न चाहान्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ?’, ठुला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहान्छु । यसो नगरौं । तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्युनीकरण गर्दैन ।’ उनले भ्रष्टाचारीलाई आजिवन कारावास र तिनपुस्ते सम्पति जफत गर्नेगरी कानुन बनाएर अघि बढ्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण